निवार्चन आयोगले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी र आचारसंहिताबारे छलफल राजनीतिक दलहरूलाई बोलाएको छ । आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रतिनिधिलाई बिहान साढे ११ बजे बोलाइएको छ। उनीहरूसित निर्वाचन आचारसंहितालगायत विषयमा छलफल हुने आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिएका छन् ।
निर्वाचन आयोगले निर्वाचन सम्पन्न गर्न अनुमानित १० अर्ब बजेट लाग्ने भन्दै अर्थमन्त्रालयमा स्वीकृतिका लागि पठाइसकेको छ । त्यस्तै ५०३ प्रकारका मतपत्र हुने आयोगले जनाएको छ ।