News Portal

  • वाइसीएलको केन्द्रीय सचिवमा भक्तपुरका थपलिया निर्वाचित

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ८ भदौ २०७९
    ७७२ पटक
    भक्तपुर, ८ भदौ २०७९

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिष्ट  लिग, नेपाल (वाइसीएल, नेपाल) को केन्द्रीय सचिवमा भक्तपुर इन्चार्ज दिनेश थपलिया आक्रोश निर्वाचित भएका छन् । सुबोध श्रीपाइलीको नेतृत्वमा रहेको नवनिर्वाचित कार्यसमितिमा थपलिया सचिव निर्वाचित भएका हुन् ।                भक्तपुर वाइसीएलका इन्चार्ज समेत रहेका थपलिया जनयुद्धकालीन माओवादी नेता हुन् । उनी पार्टीको बागमती प्रदेश सदस्य समेत रहेका छन् ।                                            वाइसीएलको नयाँ कार्यसमितिमा भक्तपुर बाट यस अघि केन्द्रीय सदस्य रहेका राजु कुटु र लक्ष्मण खड्काले निरन्तरता पाएका भक्तपुर सचिव सरराज उप्रेतीले जानकारी गराए । त्यसैगरी उक्त कार्यसमितिमा भक्तपुर जिल्ला संयोजक नरेश रन्जित, यज्ञराज ढुंगाना, बेदप्रसाद खरेल र सुष्मा श्रेष्ठ समेत केन्द्रीय सदस्य निर्वाचित भएका बताइएको छ । उनीहरू सबैले मंगलवार सपथग्रहण गरिसकेका छन् ।

    प्रतिकृया दिनुहोस्

    खड्काको नेतृत्वमा चाँगुनारायण २ मा वाइसिएलको २७ सदस्यीय समिति गठन

    सत्तारुढ दल नेकपा(माओवादी केन्द्र) को सहायक संगठन वाइसिएल नेपालले चाँगुनारायण नगरपालिकाको वडा नम्बर २ मा...

    एनसेलको शेयर खरिद बिक्री छानविन गर्न उच्चस्तरीय समिति

    दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानविन गर्न सरकारले एक...

    समाजवाद उन्मुख भक्तपुर : किसानलाई नि:शुल्क कम्पोष्ट मल, आलुको बिउँमा आधा अनुदान

    bhaktapur municipality

    भक्तपुर नगरपालिकाले स्थानीय किसानलाई निशुल्क कम्पोष्ट मल वितरण गर्ने भएको छ । नगरपालिकाले नगर भित्रका...

    खानेपानी वितरण र शुल्क असुलीको जिम्मेवारी स्थानीय तहलाई दिनुपर्ने सांसद सुवालको सुझाव

    prem suwal

    खानेपानी मन्त्री महिन्द्रराय यादवको अध्यक्षतामा काठमाडौं उपत्यकामा खानेपानीको समस्या र समाधानका बारे अन्तरक्रिया सम्पन्न भएको...

    भरतपुरको घर घरमै पुगेर स्वास्थ्य सेवा, मेयर दाहालले गरिन् शुभारम्भ

    renu dahal

    भरतपुरका घर घरमै पुगेर स्वास्थ्यकर्मीले जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएकालाई स्वास्थ्य सेवा दिने कार्यक्रम...