News Portal

  • अखाद्य चामल बेच्ने कमलबिनायक स्थित बिनायक खाद्य स्टोरलाई पनि कार्वाही

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १२ भदौ २०७९
    १८१९ पटक
    bhaktapur cdoभक्तपुर, १२ भदौ २०७९

    बजार अनुगमनलाई तीब्रता दिएको जिल्ला प्रशासन कार्यालय भक्तपुरले कमलविनायकको एक खाद्य स्टोरलाई पनि कार्वाही गरेको छ । शुक्रबार भनपा-१ स्थित चुनदेवी खाद्य स्टोरलाई ३ लाख रुपैयाँ जरिवाना गरेको अनुगमन टोलीले आइतबार भनपा-१० स्थित बिनायक खाद्य स्टोरलाई २५ हजार रुपैयाँ जरिवाना गरेको हो ।

    सहायक सिडिओ माधवप्रसाद शर्मा घिमिरेको नेतृत्वमा रहेको बजार अनुगमन टोलीले उक्त स्टोरमा अखाद्य चामल फेला पारेपछि कार्वाही स्वरुप जरिवाना गरेको बताइएको छ । सहायक सिडिओ शर्माले जनाए अनुसार  म्याद नाघेका चामल स्टोरमा बेच्न राखिएको फेला परेपछि कार्वाही गरिएको हो ।

    उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार बिनायक खाद्य स्टोरलाई जरिवाना गरिएको सहायक सिडिओ शर्माले बताएका छन् । आइतवार बिनायक खाद्य स्टोरको आकस्मिक अनुगमन गर्न पुगेको बजार अनुगमन टोलीले अखाद्य चामल बरामद गरि नष्ट समेत गरेको छ । ९३ हजार रुपैयाँ खरिद मूल्य रहेको चामल नष्ट गरिएको सहायक सिडिओ शर्माले जानकारी गराए । साथै टोलीले अखाद्य बस्तु नबेच्न चेतावनी दिदै गल्ती नदोहोर्‍याउन आवश्यक  निर्देशन समेत दिएको छ ।

    अनुगमनमा भक्तपुर नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, नेपाल प्रहरी, उद्योग वाणिज्य संघ, घरेलु तथा साना उद्योग संघ, पत्रकार महासंघ, राष्ट्रिय उपभोक्ता मञ्च लगायत सरोकार वालाहरुको सहभागिता रहेको थियो । उपभोक्ताको स्वास्थ्य माथि खेलवाड गर्दै नाफामुखी मात्र ब्यापार गर्ने ब्यापारीलाई कार्वाहीको दायरामा ल्याउन बजार अनुगमनलाई प्रभावकारी पारिएको सिडिओ रुद्रादेवी शर्माले जनाएकी छन् । उपभोक्तालाई सचेत रहन र अखाद्य बस्तु बेचिएको वा, मूल्यमा ठगिएको शंका लागे सूचना दिन समेत उनले आग्रह गरेकी छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...