अर्जेन्टिना प्रहरीले उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेजमाथि बन्दुक प्रहार गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । आरोपितले उपराष्ट्रपतिको हत्या गर्ने नियतले यस्तो गरेको प्रहरीले जनाएको छ।
आफ्नो घरबाहिर समर्थकहरूलाई भेटघाट गर्ने क्रममा एक व्यक्तिले उनको अनुहारमा बन्दुक तेर्साएको बताइएको छ। वरपरका मानिसहरूले घटनाको भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। अर्जेन्टिनाका सुरक्षा मन्त्रीले यस विषयमा अनुसन्धान भइरहेको बताए।
हालसम्म उनको पहिचान हुन सकेको छैन । उक्त बन्दुक साँचो हो वा होइन भन्ने पनि अनुसन्धान भइरहेको जनाइएको छ।