News Portal

  • जुद्ध बारुण यन्त्र भक्तपुरको ७९ औं स्थापना दिवसमा पूर्व कर्मचारीहरु सम्मानित

    भक्तपुर, १९ भदौ २०७९
    ४३० पटक
    भक्तपुरभक्तपुर, १९ भदौ २०७९

    जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरले आफ्ना पूर्व कर्मचारीलाई सम्मान गरेको छ । ७९ औं स्थापना दिवसको अवसर पारेर आइतवार एक कार्यक्रमका बीच उनीहरुलाई सम्मान गरिएको हो ।

    कार्यक्रममा प्रमुख अतिथि रहेकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जुद्ध बारुण यन्त्र भक्तपुरले आफ्नो स्थापना दिवसमा अग्रजहरुलाई सम्झनु प्रशंसनीय कार्य भएको बताइन । अघिल्लो पुस्ताको अनुभवले अझ राम्रो गर्न मार्गनिर्देशन प्राप्त हुने भन्दै उनले हरेक सस्थामा अग्रजहरुको कदर हुनुपर्नेमा जोड दिइन ।

    प्रजिअ शर्माले वारुण यन्त्रका कर्मचारीले जागिरे मानसिकता राख्न नहुनेमा समेत जोड दिइन। आगलागीको जोखिममा काम गर्नुपर्ने भएकोले यो काम चुनौतीपूर्ण भएको उनको भनाइ छ । जुनसुकै समयमा विपत्ती पर्न सक्ने भन्दै हर बखत तयारी अवस्थामा रहेर उद्धारलाई अर्जुन दृष्टि बनाउन उनले निर्देशन दिएकी छन् । “आफ्नो ज्यानको बाजी राखेर अरुको जिउँधनको सुरक्षाको लागि खट्नु चुनौतीपूर्ण काम हो र यसैमा यस कार्यालयको गरिमा कायम रहन्छ । ” उनले भनिन ।
    कार्यालयको साधन श्रोत र कर्मचारीको क्षमता तथा बृत्ती बिकासमा आफ्नो सदैव साथ् रहने उल्लेख गर्दै उनले समाज र राष्ट्रले विश्वास र गौरव गर्नसक्ने गरी कार्य गर्न प्रेरित गरेकी थिइन् ।

    उक्त अवसरमा सम्मानित हुने पूर्व कर्मचारीको तर्फबाट बोल्दै हरिबहादुर श्रेष्ठले जागिर छाडेको २ दशकपछि कार्यालयले सम्झदा खुशीको सीमा नरहेको बताए । आफ्नो सस्थाको सदैव याद आइरहने र प्रगती होस् भन्ने भैरहने भन्दै उनले यसखाले कार्यक्रमले आफ्नो कर्मप्रति गौरव गर्ने र अनुभव आदानप्रदानको अवसर प्राप्त हुने उल्लेख गरे ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव संजीप घिमिरे शुभचिन्तकले भक्तपुरका वरिष्ठ नेता नारायणमान बिजुक्छेंको जनप्रतिनिधि दमकल र एम्बुलेन्स जस्ता हुनुपर्ने भनाइलाई उद्घृत गर्दै जनप्रतिनिधिले दमकलको महत्वलाई बुझेर सहयोगको हात अघि बढाउनुपर्ने आवश्यकता औल्याए ।

    उक्त अवसरमा कार्यालयका प्रमुख विजयप्रसाद धौभडेलले कार्यालयले गरेका काम र प्रगतीबारे जानकारी गराउदै भावी योजना समेत सुनाएका थिए । विपतको समयमा अरु बाहिर निस्कने र आफूहरु भित्र पसेर उद्धारमा जुट्नुपर्ने उल्लेख गर्दै उनले आफूहरुको काम जागिर मात्र नभई मानव सेवा भएको बताए ।

    स्थापना दिवसको अवसर पारेर कार्यालयले आफ्ना दुईजना कर्मचारी निराजन खत्री र सानुराम दाहाललाई नगद पुरस्कार सहित पुरस्कृत समेत गरेको छ । उनीहरूलाई उत्कृष्ट कर्मचारी पुरस्कार द्वारा पुरस्कृत गरिएको हो । उक्त अवसरमा समाजसेवी श्यामसुन्दर धौभडेल र नुगल बैद्य त्यसैगरी सेवा प्रदायक परशुराम शाह र ध्रुव श्रेष्ठ लगायतलाई आ-आफ्नो क्षेत्रबाट जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरलाई सहयोग गरेवापत प्रशंसा पत्र प्रदान गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    ताथलीस्थित महायज्ञमा मेयरको उद्घोष : २०८२ साललाई धार्मिक पर्यटन वर्ष मनाइने

    चाँगु नारायण नगरपालिकाका मेयर जीवन खत्रीले आगामी २०८२ साललाई धार्मिक पर्यटन बर्ष मनाउने तयारी गरिएको...

    मध्यपुर थिमिमा सिंहावलोकनको नयाँ शुरुवात

    madhyapur thimi municipality thimi

    मध्यपुर थिमि नगरपालिकाले वार्षिक प्रगतीको समीक्षा गर्ने प्रचलन शुरु गरेको छ । नगरपालिकाले चागु आवको...

    ताथलीमा महायज्ञको उद्घाटन : सांसद थापाले गरे आयोजक बालयोगेश्वर विजयमूर्तिको प्रशंसा

    भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले राज्यले गर्नुपर्ने काम बालयोगेश्वर विजयमूर्ति...

    बेहुली झैं बन्यो ताथली : भक्तजन संगै तानिए टिकटकर

    भक्तपुरको चाँगुनारायण ९ ताथलीमा बिहीबारबाट सुरु हुने श्रीमदभागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञको तयारी सम्पन्न...

    Municipality welcomes the first group to enter Bhaktapur city

    bhaktapur welcomes

    On the occasion of World Tourism Day, the first group to enter Bhaktapur has been...