News Portal

  • मन्त्रीलाई रोक्ने सुरक्षा गार्डलाई पाँच दिन थुनामा राखिने

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,२० भदौ २०७९
    १४७ पटक
    भक्तपुर,२० भदौ २०७९

    पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई ‘लाइनमा बस्न’ निर्देशन दिँदा भनाभनपछि पक्राउ परेका सुरक्षागार्ड शेरजंग गुरुङलाई पाँच दिन थुनामा राखिने भएको छ ।

    मन्त्री श्रेष्ठ क्यानडाको भिसाका लागि सो स्थानमा पुगेका थिए । त्यहाँ रहेका गुरुङले मन्त्री श्रेष्ठलाई लाइनमा बस्न भनेपछि भनाभन भएको स्रोतले जानकारी दिएको छ । त्यसपछि मन्त्रीका सुरक्षा गार्डले प्रहरीलाई खबर गरी पक्राउ गराएका थिए ।

    पक्राउ परेका गुरुङलाई अनुसन्धानका लागि पाँच दिन थुनामा राखिने भएको छ । उनलाई अभद्र व्यवहार सम्बन्धमा जाहेरी दर्ता भएको छ । यता मन्त्री श्रेष्ठले भने सेक्युरिटि गार्डको व्यवहार नै रुखो र मन्त्री भन्ने जानेपछि दुर्व्यवहारको प्रयास गरेको बताएका छन् ।

    उनले सोमबार बिहान पनि सामाजिक सञ्जालमार्फत् मन्त्री र नेता नै खराब हुन् भाष्य निर्माण गर्न खोजिएको बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरका बासिन्दा श्रेष्ठ बागमती प्रदेश सरकारका प्रवक्ता

    बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकार प्रवक्ताको जिम्मेवारी पाएका छन्...

    साहित्यकार पदम विश्वकर्मा सम्मानित

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रस्टीका अध्यक्षमा निर्वाचित भएका साहित्यकार पदम विश्वकर्मालाई राजधानीका...

    नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा नर्सिङ्ग पढाउछौं : सांसद थापा

    durlab

    प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले मध्यपुर थिमि नगरपालिकाको नेपाल कोरिया मैत्री नगर अस्पताललाई स्वास्थ्य शिक्षासंग...

    मिटरब्याजी पीडितको माग सम्बोधन गर्ने गृह मन्त्रालयको आश्वासन

    मिटरब्याजी पीडितका समस्या समाधान गर्ने आश्वासन गृह मन्त्रालयले दिएको छ । मिटरब्याजी पीडितलाई भेट्न टंगाल...

    नेपालको अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भुमिका महत्वपुर्णः सभामुख घिमिरे

    प्रतिनिधि सभाका सभामुख देबराज घिमिरेले नेपालको अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भुमिका महत्वपुर्ण रहेको बताएका छन्...