News Portal

  • फ्रान्सेली संसदीय टोली आज नेपाल आउँदै

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,२० भदौ २०७९
    ४९० पटक
    भक्तपुर,२० भदौ २०७९

    फ्रान्सेली संसदमा रहेको फ्रान्स–नेपाल अन्तर संसदीय मैत्री समूहका सभापति ड्यानियल साल्मोन र सदस्य एन क्याथरिन लोइसियर आज नेपाल आउँदै छन् । नेपाल–फ्रान्स अन्तर संसदीय समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको निमन्त्रणमा उनीहरु नेपाल आउन लागेको फ्रान्सेली दूतावासले जनाएको छ ।

    नेपाल–फ्रान्स सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले फ्रान्सेली संसदीय टोली नेपाल आउन लागेको दूतावासद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । उनीहरुले भदौ २० गतेदेखि २५ गतेसम्म नेपालको भ्रमण गर्नेछन् ।

    नेपाल भ्रमणका बेला उनीहरुले माधवकुमार नेपालको अलवा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नेछन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...