नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेसले ८० सिटको वरिपरि लिएर अरू दलले पनि बाँकी सिटमा भागबण्डा गर्ने बताएका छन् । मंगलबार धनगढी पुगेका प्रचण्डले प्रतिनिधि सभाको सिट संख्या र निर्वाचन क्षेत्र बुधबार टुंगिने बताएका छन्।
आफुले ६० सिट दाबी गरेको र त्यसैको वरिपरि सहमति गर्नेतर्फ उन्मुख रहेको उनले बताएका छन् । यी सबै विषयमा बुधबार शीर्ष नेताहरू बसेर टुंग्याउँने पनि उनले बताए । उनले आज सुदुरपश्चिमका नेता कार्यकताहरुसँग भेट हुने बताए ।
सत्ता गठबन्धनले प्रभावकारी तालमेल गरेरै निर्वाचनमा जाने उनको भनाइ छ । आफ्नो नाम विभिन्न क्षेत्रबाट सिफारिस भए पनि चितवन क्षेत्र नम्बर ३ बाटै उठ्ने प्रचण्डले बताए। निर्वाचनपछि बन्ने नयाँ सरकारले मुलकुलाई नयाँ गतिमा अघि बढाउने उनको भनाइ छ। संघिय पाँच वर्षको सरकारमा जनताहरु सन्तुष्ट नरहेको पनि उनले बताए ।