दक्षिण पश्चिम चीनमा ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पमा परि ज्यान गुमाउनेको सङ्ख्या ४६ पुगेको छ भने अन्य केही घाइते भएका छन् ।
भूकम्पको केन्द्रबिन्दु चेङ्डुबाट २ सय २६ किलोमिटर दक्षिणपश्चिममा रहेको दुर्गम पहाडी क्षेत्रमा पर्ने लुडिङ सहर रहेको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ । सरकारी सञ्चार माध्यम सीसीटीभीका अनुसार भूकम्पका कारण यान सहरमा १७ जना र छिमेकी प्रान्त गान्जीमा २९ जनाको ज्यान गएको छ ।
भूकम्पपछि १६ जना हराइरहेका र ५० जना घाइते भएका छन् । घाइतेहरुको उपचार भइरहेको छ ।