News Portal

  • अबैध कपडा ल्याएको आरोपमा सर्लाहीका विश्वकर्मा समातिए

    रचना बयलकोटी / भक्तपुरपोस्ट भक्तपुर, २१ भदौं २०७९
    २१४० पटक
    jagati police rangeभक्तपुर, २१ भदौं २०७९

    गएराती भक्तपुर प्रहरीले अबैध कपडा ल्याएको आरोपमा एक गाडी र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ । जगातीस्थित चेकजाँच स्थलबाट गाडी र चालक नियन्त्रणमा लिइएको हो ।

    प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा धनुषाको ढल्केबरबाट बर्दिबास सिन्धुली बि.पी. राजमार्ग हुँदै भक्तपुर तर्फ आउदै गरेको प्रदेश नं. २-०३-००१ ख १९९७ नं. को आईचर गाडी नियन्त्रणमा लिइएको डिएसपी राजकुमार श्रेष्ठले जनाएका छन् । गाडीको पछाडी पट्टी ढालाको भित्री साईडमा लुकाई छुपाई राखेको जुट र प्लाष्टिकको १६ वटा बोरा भित्र भन्सार छली गरी ल्याईएका कपडा बरामद भएपछि चालक सर्लाही हरिवन-११ घर भएका किरण बिश्वकर्मासहित गाडीलाई नियन्त्रणमा लिइएको उनले बताए। डिएसपी श्रेष्ठले दिएको जानकारी अनुसार उक्त गाडीमा अन्य यात्रु रहेका थिएनन ।

    बरामद भएका सामानहरुमा बिभिन्न साईज तथा बिभिन्न रंगका घाघरहरु १७१० थान,बिभिन्न रंगका साडीहरु २३१ थान,बिभिन्न रंगका साईजका लेडीज ब्रा हरु ४,६९२ थान,बिभिन्न रंगका लेडीजले लगाउने वानपिस कपडा २० थान,बिभिन्न रंगका घाघरहरु ७४४ थान,बिभिन्न रंगका लेडीज कुर्था सुरुवाल थान ४८० थान रहेका बताइएको छ ।

    जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं डिएसपी राजु पाण्डेले गाडी र चालक नियन्त्रणमा लिएको पुष्टि गरेका छन । आईचर गाडी र चालक बिश्वकर्मालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय हरिहरभवन ललितपुरमा पठाईएको उनले बताए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...