News Portal

  • भक्तपुरका मुख्य न्यायाधीश बास्तोला बढुवाको लाइनमा

    रचना बयलकोटी / भक्तपुरपोस्ट भक्तपुर, २१ भदौं २०७९
    ११५६ पटक
    गोपाल gopal prasad bastolaभक्तपुर, २१ भदौं २०७९

    भक्तपुर जिल्ला अदालतका मुख्य न्यायाधीश गोपालप्रसाद बास्तोला उच्च अदालतको न्यायाधीश बन्ने लाइनमा रहेका छन् । जिल्ला न्यायाधीशहरु मध्ये जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा उनी बढुवामा पर्ने निश्चित भएको हो ।

    भक्तपुर पोस्ट श्रोतका अनुसार उच्च अदालतका एकजना न्यायाधीश सेवा निवृत्त हुनासाथ बास्तोला बढुवा हुनेछन । सम्भवत: असोजमै उनको बढुवा हुने बताइएको छ । भक्तपुरका मुख्य न्यायाधीश बास्तोला आर्थिक वर्ष २०७८/७९ मा देशैभरका जिल्ला अदालत मध्ये सबैभन्दा धेरै मुद्दा फैसला गरेका न्यायाधीश हुन् । उनले सम्पन्न आर्थिक वर्षमा करिब ७ सय मुद्दा फैसला गर्दै एक वर्षमा सबैभन्दा धेरै मुद्दा फैसला गर्ने न्यायाधीशको रेकर्ड राखेका छन् ।

    मुख्य न्यायाधीश बास्तोलाको नेतृत्वमा रहेको भक्तपुर जिल्ला अदालतले न्याय पहिलो प्राथमिकता हुनुपर्ने भन्दै न्यायिक गतिविधि गरिरहेको छ । बास्तोलाकै नेतृत्वमा गत स्थानीय निर्वाचन भक्तपुरमा सहज र विश्वसनीय ढंगले सम्पन्न भएको छ । देशैभरमा नगरपालिकाको पहिलो मतपरिणाम भक्तपुरबाट आएको थियो भने जिल्ला समन्वय समितिमा गोलाप्रथाबाट सबै पदाधिकारी निर्वाचित हुदा पनि निर्वाचन परिणामको विषयलाई लिएर कुनै टिकाटिप्पणी सुन्नु नपर्दा निर्वाचन आयोग पनि दंग देखिएको छ ।

    जिल्ला अदालतमा वर्षेनी मुद्दाको चाप बढ्दै गईरहेको छ । खासगरी घर,जग्गा,अंश, सम्पत्ति लेनदेन हककायम जस्ता सम्पत्ति सम्बन्धी मुद्दाहरु बढी दर्ता हुन आउने गरेको अदालतले जनाएको छ ।सामान्य प्रकृतीका बिबादका मुद्दामा मेलमिलाप नै उपयुक्त समाधान भएको भन्दै जिल्ला अदालतले सकेसम्म मेलमिलाप गराउने उद्देश्यले मेलमिलापको लागि पहल गर्दै आएको छ भने जघन्य अपराधलाई निरुत्साहित गर्नेगरी फैसलामा जोड दिएको बताइएको छ । हाल यस अदालतमा मुख्य न्यायाधीश बास्तोला सहित ५ जना न्यायाधीश र   करिब ७० जना कर्मचारी दरबन्दी रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...