News Portal

  • दलित समुदायमाथि अपहेलना गर्नेहरूलाई पार्टीको सदस्यता दिइने छैनः माधव नेपाल

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,२१ भदौ २०७९
    ३७६ पटक
    भक्तपुर,२१ भदौ २०७९

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारूढ गठबन्धनभित्र प्रदेश सभा र प्रतिनिधि सभा सिट बाँडफाँटको विषय पेचिलो बन्दै गएको बताएका छन् । अध्यक्ष नेपालले आउँदो मङ्सीर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा तालमेल गरेर जाने सत्तारूढ दलहरूबीच सहमति भए पनि सिट बाँडफाँटको विषय सम्भव हुन्छ वा हुन्न भन्ने बारे प्रश्न उठ्ने गरेको स्पष्ट पारे।

    कार्यक्रममा बोल्दै उनले दलित समुदायमाथि अपहेलना गर्नेहरूलाई पार्टीको सदस्यता नदिने चेतावनीसमेत दिएका छन् । पार्टी निकट नेपाल दलित मुक्ति सङ्गठनको काठमाण्डौमा आज मङ्गलवारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले आफ्नो पार्टीले भने त्यसलाई सम्भव बनाएर अघि बढ्न चाहिरहेको उल्लेख गरेका छन् ।

    साथै उनले आउँदो चुनावमा आफ्नो पार्टीका उम्मेदवारहरूलाई जिताउने गरी सङ्गठन परिचालनको काममा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । अध्यक्ष नेपालले चुनावलाई लक्षित गरेर बस्ती–बस्तीमा पुगेर सङ्गठन निर्माण र परिचालनको काममा खटिन पनि सचेत गराउएका छन् ।

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...