News Portal

  • मध्यपुर थिमिमा नक्सा पास नगरी निर्माण गरेका संरचनालाई कानुनी दायरामा ल्याइने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २३ भदौं २०७९
    ६६९ पटक
    भक्तपुर, २३ भदौं २०७९

    मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मनोहरा जग्गा एकिकरण आयोजना अन्तर्गत अरनिको राजमार्ग दक्षिणतर्फको क्षेत्र अवलोकन तथा अनुगमन गरेका छन् । आयोजना क्षेत्रभित्र बस्ती बिस्तारसँगै सडक अतिक्रमण गरी ठेलागाडामा व्यापार व्यवसाय गर्ने, अनधिकृतरुपमा संरचना निर्माण गरी व्यवसाय गर्ने प्रवृत्ति बढेको जनगुनासो आएपछि नगरप्रमुख श्रेष्ठले सो क्षेत्रको अवलोकन तथा अनुगमन गरेका हुन् ।

    अनुगमनका क्रममा नगरप्रमुख श्रेष्ठले वि पि पार्कसँगैको ६ मिटर बाटो, मनोहरा करिडोरको ११ मिटर सडक, सनातन मनोहरा घाट, हनुमान मन्दिर परिसर र सामुदायिक भवन, करिडोरको हरियाली क्षेत्र, मनोरम ज्येष्ठ नागरिक पार्क, अरनिको राजमार्ग –खानेपानी आयोजना – खरिबोट सडकको अवलोकन गरे ।

    अनुगमनपछि नगरप्रमुख श्रेष्ठले नक्सा पास नगरी निर्माण गरेका संरचनालाई कानुनी दायरामा ल्याउने, व्यवसाय दर्ता अभियान सञ्चालन गर्नुपर्ने, मनोहरा करिडोरमा सडक अतिक्रमण सञ्चालन भएका व्यवसायलाई हटाउनुपर्ने, पार्कलाई खुल्ला गरी सर्वसाधरणको पहुँचमा पुर्याउने, घाट व्यवस्थापन गरी करिडोरको काम सम्पन्न गर्नुपर्ने खाँचो देखिएको बताए ।

    नगरप्रमुख श्रेष्ठलाई आयोजनाको अरनिको राजमार्ग दक्षिणतर्फको सहयोग समितिका संयोजक जगतकृष्ण प्रजापतिले आयोजना क्षेत्रको वस्तुस्थितीका बारेमा जानकारी गराएका थिए ।

    सो अवसरमा वडा नं. १ का वडाअध्यक्ष बाबुकाजी डंगोल, पुर्व वडाअध्यक्ष सुरज खड्का, नेपाली कांग्रेस मध्यपुर थिमि वडा नं.१ इकाई सभापति विजयकृष्ण खड्का, सचिव सुरेश बस्नेत, कोषाध्यक्ष बिकु कुमाल, सदस्य राजेन्द्र कार्की, मनोहरा जग्गा एकिकरण आयोजनाका साईट ईन्चार्ज सिद्धिकृष्ण श्रेष्ठ र स्थानीयको उपस्थिती रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...