News Portal

  • पार्टी खोल्नु नाङ्लोमा पसल राख्नुजस्तो होइन : सिंह

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २५ भदौं २०७९
    ३८४ पटक
    भक्तपुर, २५ भदौं २०७९

    नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले आफ्नै दलको समेत नेतृत्व गर्न नसक्नेले देशको नेतृत्व गर्न नसक्ने दावी गरेका छन । दुई वर्ष पनि दल टिकाउन नसक्ने भन्दै उनले गत निर्वाचनमा आफ्ना प्रतिस्पर्धी रहेका रवीन्द्र मिश्रप्रती व्यंग्य गरेका हुन् ।

    शनिवार बानेश्वरमा कुमाले धारा मर्मतसम्भार तथा पार्क सौन्दर्यीकरण उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दे नेता सिंहले रविन्द्र मिश्रप्रति इंगित गर्दै दुई वर्षसम्म पार्टी टिकाउन नसक्नले देश विकास गर्छु भन्नु नहुने बताए ।

    नेता सिंहले पार्टी खोल्नु नाङ्लोमा पसल खोल्नु जस्तो नभएको भन्दै पार्टी चलाएर देखाउनमिश्रप्रति लाई चुनौती समेत दिए । निर्वाचनमा तत्कालीन विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रसँग ८ सय १९ मताको झिनो अन्तरले मात्रै सिंह विजयी बनेका थिए । आफ्नो क्षेत्रमा नयाँको हल्ला चाडै चल्ने भन्दै नेता सिंहले आगामी मंसिर १४ गते हुने निर्वाचनमा पनि हल्लाको पछि नलाग्न तथा निष्ठा त्यागको राजनीति गर्ने उम्मेदवारलाई मतदान गर्न आग्रह गरे ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...