आज अपराह्न १ बजेका लागि तय भएको राष्ट्रिय सभाको बैठक ४ दिन पछि सरेको छ । विशेष कारणवश बुधबार बस्ने गरी स्थगित भएको हो ।
राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालका अनुसार अर्को बैठक यही भदौ २९ गते बुधबार बिहान ११ बजे बस्ने गरी समय परिवर्तन भएको छ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकको नयाँ मिति र समय निर्धारण गरेको सचिव फुँयालले जानकारी दिए।