 भक्तपुर,२६ भदौ २०७९
भक्तपुर,२६ भदौ २०७९नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको आर्थिक स्थिति बलियो बनाउनका लागि कृषिमा आधारित उद्योगहरूको विकास गर्नुपर्ने बताएका छन् । आज आइतवार काठमाण्डौमा आयोजित नेपाल युवा उद्यमशिलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशको आर्थिक विकासको मुख्य मेरुदण्ड कृषि नै भएको बताएका हुन् ।
उनले देशको अर्थतन्त्र झनै पछाडि धकेलिँदै गएको भन्दै अर्थतन्त्रलाई बलियो बनाउन कृषिमा आधारित उद्योगहरूको विकास गर्नुपर्ने बताए । कृषिमा आत्मनिर्भर हुने कुरा र कृषिमा आधारित उद्योगहरूको विकास गर्ने कुरा नेपाल र नेपालीका लागि सबैभन्दा महत्त्वपूर्ण र चिन्ताको विषय रहेको उनको भनाइ छ ।
अध्यक्ष दाहालले कृषिपछि जलविद्युत्, पर्यटन, जडीबुटी र खनिजको विकासले पनि देशको अर्थतन्त्रमा टेवा पुग्ने बताए। उनले धन, सम्पत्ति कमाउनु र देशलाई सभ्य बनाउनु फरक कुरा रहेको भन्दै समाजलाई सभ्य बनाउने गरी, संसारमा नेपालीको आत्मसम्मान हुने गरी सम्पत्ति आर्जन गर्न युवालाई आग्रह गरे। आफ्नो बाँकी जीवन आर्थिक क्रान्तिका लागि व्यतित गर्ने उनको भनाइ छ ।
