News Portal

  • काठमाडौं महानगरविरुद्ध फुटपाथ व्यवसायीले आन्दोलन गर्ने

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,२९ भदौ २०७९
    ३१७ पटक
    भक्तपुर,२९ भदौ २०७९

    काठमाडौं महानगरपालिकाविरुद्ध जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघले भोलि आन्दोलन गर्ने भएको छ । महानगरपालिकाले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै बिहीबार काठमाडौंमा प्रदर्शन गर्ने भएको हो ।

    संघका अनुसार प्रदर्शनका लागि साना व्यवसायीहरु बिहीबार बिहान ११ बजे सुन्धारामा जम्मा हुने र भद्रकाली हुँदै उनीहरु महानगर कार्यालय परिसरमा पुग्ने छन् । जिविकोपार्जनका लागि फुटपाथ र ठेला व्यवसाय गरिरहेकाहरुलाई महानगरले व्यवस्थापन भन्दा पनि विस्थापन मात्रै गर्न खोजेको भन्दै आन्दोलन गर्ने संघले जनाएको छ ।

    महानगरले फुटपाथ र साना व्यवसायीहरुलाई विना सूचना निर्मम ढंगले लखेट्न खोजेको भन्दै संघले आन्दोलन गर्ने भएको हो ।

     

    प्रतिकृया दिनुहोस्

    आज क्रिसमस, देशभर सार्वजनिक बिदा

    क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्म दिनको सम्झनामा आज  क्रिसमस डे मनाइदैछ । क्रिसमस पर्वको...

    ढोङ होइन, ध्यानले जीवन धन्य हुन्छ

    आज विश्वभर पहिलो पटक मनाउँदै गरिएको विश्व ध्यान दिवस (world meditation day )को अवसरमा सबैमा...

    बालकोटमा बुवा र भाइको हत्यामा मिलनकै संलग्नता, किन गरे यस्तो अपराध

    bhaktapur police

    भक्तपुरको सूर्यविनायक-२ बालकोटमा बुवा र भाइको हत्यामा संलग्न रही फरार भएका भनिएका युवकले प्रहरीसमक्ष आत्मसमर्पण...

    पाकिस्तान सार्क शिखर सम्मेलन आयोजना गर्न तत्पर

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हास्मीले शिष्टाचार भेट गरेका छन्...

    बागमती प्रदेशको पहिलो प्राविधिक सचिव बन्दै डा सुमित्रा गौतम

    भक्तपुर अस्पतालकी मेडिकल डाइरेक्टर डा सुमित्रा गौतमले सचिवको जिम्मेवारी सम्हाल्ने भएकी छन् । बागमती प्रदेश...