News Portal

  • बल्खुमा मोटरसाइकलको ठक्करबाट दुई पैदलयात्री घाइते

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,२ असोज २०७९
    २१५ पटक
    भक्तपुर,२ असोज २०७९

    काठमाडौंको बल्खुमा मोटरसाइकलको ठक्करबाट दुई जना पैदलयात्री घाइते भएका छन् ।हिजो बेलुकी भएको दुर्घटनामा घाइते हुनेमा धनुषाको जनकपुर–१० घर भई हाल बल्खु बस्ने १५ वर्षीय हलचल अन्सारी र महोत्तरीको तनुहा–१० घर भई हाल बल्खुमै बस्दै आएका १८ वर्षीय प्रमेश्वर कुमार साह रहेका छन् ।

    दुवै घाइतेको बल्खु स्थित बयोद्या अस्पतालमा उपचार भईरहेको छ । घाइते मध्ये अन्सारीको अवस्था गम्भरि रहेको प्रहरीले जनाएको छ । बा १ ब ९२९९ नम्बरको मोटरसाइकलले हिजो बेलुकी करिब सवा ८ बजे पैदलयात्रीद्धयलाई ठक्कर दिएको थियो ।

    दुर्घटनामा संलग्न चालकले मदिरा सेवन गरेको पाइएकोले उनलाई सवारी साधन सहित प्रहरी वृत्त कालीमाटीले नियन्त्रणमा लिएको छ ।

    प्रतिकृया दिनुहोस्

    सेक्युरिटी प्रिन्टिङ प्रेसमा दोषी ठहर इन्जिनियरले गरे भक्तपुरस्थित आफ्नै निवासमा आत्महत्या

    भ्रष्टाचार मुद्दामा विशेष अदालतले दोषी करार गरेपछि एक सरकारी कर्मचारीले आत्महत्या गरेका छन् । सेक्युरिटी...

    सिरोहियाको पक्षमा उभिए सांसद थापा : ओलीमाथि आक्रोश, प्रचण्डप्रति गुनासो

    नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भक्तपुर-२ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष...

    अनुमती मागेरै रोए प्रअ महर्जन

    ललितपुर, १० जेठ २०८१ । मञ्च धुमधामले सजाइएको थियो । छेउमै नौमति बाजा घन्किरहेको थियो...

    स्थानीयले नियन्त्रणमा लिए मालबाहक टिपर

    बिशाल बस्नेत, महोत्तरी । अवैधानिकरुपमा नदीजन्य  पदार्थ ओसारपसार गरिरहेका टिपरहरुलाई स्थानीयहरुले नै नियन्त्रणमा लिएर प्रहरीलाई...

    पुँजीवादीहरु आफ्नो स्वार्थ सिद्ध गर्न प्रेस स्वतन्त्रताको कुरा गर्छन् : बिसंखे

    नेकपा (माओवादी केन्द्र) की स्थायी समिति सदस्य अन्जना बिसंखेले प्रेस स्वतन्त्रता पुँजीवादीहरुको कब्जामा परेको बताएकी...