News Portal

  • डेंगु नियन्त्रणमा सरकार असफल भयोः योगेश भट्टराई

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,५ असोज २०७९
    ४४६ पटक
    भक्तपुर,५ असोज २०७९

    नेकपा एमालेले डेंगु रोकथाम तथा नियन्त्रणमा सरकार चुकेको निष्कर्ष निकालेको छ । एमालेको स्वास्थ्य तथा जनसङ्ख्या विभाग प्रमुख योगेश भट्टराईले आज बुधवार विज्ञप्ति निकालेर डेंगु फैलिरहे पनि रोकथाममा सरकार चुकेको बताएका हुन् ।

    काठमाण्डौमा डेंगु फैलिएकाले मानिसमा त्रास सिर्जना भएको र यो रोगको फैलावटको तुलनामा सतर्कता, नियन्त्रण र उपचारमा सरकारसँग जुन तहको योजना, कार्यक्रम र सक्रियता हुनुपर्थ्यो, त्यसमा सरकारी संयन्त्र असफल भएको विज्ञप्तिमा भनिएको छ । एमालेले डेंगुबाट २१ जनाको ज्यान गएको र ७५ जिल्लामा यसका लक्ष्यण देखा परेका बिरामी फेला परेको उल्लेख गरेको छ । डेंगुको नियन्त्रण र उपचारमा सरकारको गम्भीर ध्यानाकर्षणसमेत गरिएको छ ।

    स्वास्थ्यकर्मीसमेत सङ्क्रमित भएका कारण बिरामीको उपचारमा समस्या उत्पन्न भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तै बजारमा सिटामोलको समेत अभाव भएको भनिएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...