मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) लगायत चार कम्युनिस्ट पार्टीले चुनाव बहिष्कार गर्ने निर्णय गरेका छन् ।
क्रान्तिकारी माओवादी, नेकपा बहुमत, नेकपा )मसाल) र माओवादी कम्युनिष्ट पार्टी नेपालले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका हुन् । चार दलको संयुक्त बैठकले बहिष्कार गर्ने निर्णय गरेको नेकपा बहुमतका प्रवक्ता हेमन्तप्रकाश वलीले जानकरी दिए ।
चुनाव बहिष्कारबारे जानकारी दिने आज संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।