News Portal

  • भक्तपुरमा नि:शुल्क पानी र मास्क बाड्दै वाइसीएल

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,१५ असोज २०७९
    ७८३ पटक
    dipshikhaभक्तपुर,१५ असोज २०७९

    नेकपा(माओवादी केन्द्र) को सहायक संगठन योङ्ग कम्युनिष्ट लिग नेपाल(वाइसीएल-नेपाल) ले दशैमा उपत्यका बाहिर जाने यात्रीहरुलाई निशुल्क पानी र मास्क वितरण गरेको छ । वाइसीएल भक्तपुरले भक्तपुर हुँदै आफ्नो घर हिडेका यात्रीहरुलाई निशुल्क पानी र मास्क वितरण गरेको हो ।

    सूर्यविनायकमा यात्रु सहायता कक्ष बनाएर सेवा दिइरहेको वाइसीएल भक्तपुरले प्रहरीसंग सहकार्य गरी क्षमता भन्दा बढी यात्रु नराख्न र तोकिए भन्दा बढी भाडा असुली नगर्न सुझाव दिने तथा अनुगमन गर्ने समेत गरिरहेको छ । त्यसैगरी सडक सरसफाई र सडक जाम व्यवस्थापनमा पनि वाइसीएलका स्वयमसेवक व्यस्त बनिरहेका देखिन्छन । यात्रामा हुँदा खाने वर्गका कमजोर आर्थिक अवस्था झल्कने मानिसहरुलाई बाटो खर्च समेत प्रदान गरिएको वाइसीएल भक्तपुरका इन्चार्ज नरेश रन्जितले जानकारी दिए ।

    उनले चाडपर्वको मौका पारेर हुनसक्ने कालोबजारी र महंगी नियन्त्रणका लागि वाइसीएलले खबरदारी गरिरहेको समेत जानकारी गराए । दशैँको सास्कृतिक रुपान्तरणको आवश्यकता औल्याउदै जिल्ला इन्चार्ज रन्जितले त्यसको अगुवाई पनि वाइसीएलले गर्ने उद्घोष गरे ।

    वाइसीएल भक्तपुरले रचनात्मक कार्य गरी जनताको सेवा गरेको प्रति नेकपा(माओवादी केन्द्र) भक्तपुरले वाइसीएललाई साथ् दिइरहेको पार्टीका जिल्ला संयोजक सुनिल बासुले बताए । जनवादी युवाहरुले दशैलाई घुमफिर र मनोरन्जनको रुपमा नलिइ यसैगरी जनसेवामा जुट्नुपर्नेमा समेत उनले जोड दिए । वाइसीएललाई उत्साहित गर्न पार्टीका पोलिटब्युरो सदस्य एवं भक्तपुर इन्चार्ज दिलिप प्रजापति भिष्म, वाइसीएल इन्चार्ज एवं केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दीपशिखा त्यसैगरी केन्द्रीय सदस्यहरु देवेन्द्र श्रेष्ठ, डिपी ढकाल, प्रतिमा श्रेष्ठ लगायत नेताहरु समेत कार्यक्रममा सहभागी भएका वाइसीएल केन्द्रीय सचिव एवं युवा नेता दिनेश थपलिया आक्रोशले जानकारी दिए ।

    ycl

    वाइसीएलको सेवाभावबाट सर्वसाधारण आकर्षित भएका देखिन्थे । उनीहरुले राजनीतिक दल निकट युवाहरुले वाइसीएलबाट सिक्नुपर्ने प्रतिक्रिया दिएका छन् । ”वाइसीएलले यात्राबारे चासो राख्ने, शुभकामना दिने र पानी पिलाउने कार्य प्रशंसनीय छ ।” अधिकांश यात्रीले प्रतिक्रिया दिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...