News Portal

  • भाउजुको प्रेममा परी दाजुको हत्या गर्ने हत्यारा १२ वर्षपछि भक्तपुरमा फेला

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३१ असोज २०७९
    २१८२९ पटक
    thimi police circleभक्तपुर, ३१ असोज २०७९

    अदालतले जन्म कैद हुने सजाय गरेका एक फरार अपराधी १२ वर्ष पछि भक्तपुरमा फेला परेका छन् । प्रहरी वृत्त थिमीको प्रहरी टोलीले १२ वर्षदेखि फरार रहेका उनलाई फेला पारेका हो ।

    पक्राउ परेका अपराधी दाङ्ग जिल्लाको साबिक सैघा गा.बि.स. वडा नं. २ कोईला बस्ती (हालको घोराही उपमहानगरपालिका वडा नं.१९) स्थायी ठेगाना भएका प्रेम बहादुर राना हुन् । आफ्नै भाउजु नाता पर्ने बिन्दु रानासंग अनैतिक सम्बन्धमा रहेका प्रेमले बिन्दुका श्रीमान् दाजु नाता पर्ने सूर्यबहादुर राना बैदेशिक रोजगारीबाट फ़र्किएको पाँच दिनपछि हत्या गरेका थिए । प्रेम र बिन्दुको मिलेमतोमा रक्सीमा धतुरो मिसाएर बेहोस बनाइ घाटी थिची उनको हत्या भएको प्रहरीले जनाएको छ ।

    त्यति मात्र होइन, हत्या गरी डोकोमा बोकी नजिकैको जंगलको भिरालो खोल्सामा लगि फालि दिएको शव १५ दिनपछि मात्र प्रहरीले फेला पारेको थियो । श्रीमती बिन्दुले जेल सजाय भोगेपनि प्रेम फरार रहँदा फैसला कार्यान्वयन हुन सकेको थिएन । अदालतले कर्तब्य ज्यान मुद्दामा जन्मकैद फैसला गरेका व्यक्ति पक्राउ नपर्दा प्रहरी प्रशासनको योग्यतामै प्रश्न चिह्न लागेको थियो ।

    प्रहरी वृत्त थिमीका प्रमुख रहेका डिएसपी हरिनन्दन चौधरीका अनुसार १२ वर्षदेखि फरार रहेका प्रेमबहादुर राना ठिमीको संगम चोकबाट समातिएका हुन् । कर्तब्य ज्यान केसमा सजाय पाएका फरार अपराधी भक्तपुरमा लुकीछुपी रहेको सूचना पाएपछि खोजीकार्यलाई महत्व दिएर थिमी वृत्तले प्रहरी टोली परिचालन गरेको थियो । उनी ठिमीमा डेरा गरी परिवारसहित बस्दै आएका भेटिएको डिएसपी चौधरीले जानकारी दिए ।

    दाङ्गको जिल्ला अदालतले जन्मकैद फैसला गरेको १२ वर्षदेखि फरार रहेका प्रेमलाई पक्राउ गरी जिल्ला अदालत भक्तपुरमा आइतवार पेश गरिएको थियो । उनलाई अदालतको आदेशले ठेकिएको कैद भुक्तानको लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौं चलान गरिएको जिल्ला प्रहरी परिसरका सूचना अधिकारी राजु पाण्डेले जानकारी गराए । १२ वर्षदेखि फरार रहेका अपराधी पक्राउ गर्नु भक्तपुर प्रहरीको सफलता भएको उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...