News Portal

  • शताब्दी पुरुषको शोकमा आज सार्वजनिक बिदा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १ कार्तिक २०७९
    ६३६ पटक
    bidaभक्तपुर, १ कार्तिक २०७९

    सस्कृतीविद एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक व्यक्त गर्दै सार्वजनिक बिदा दिइएको छ । सरकारले सोमबार एक सूचना जारी गर्दै आज मंगलवार सार्वजनिक बिदा दिएको हो ।

    गृह मन्त्रालयद्वारा जारी सूचनामा जोशीको निधनको शोकमा सरकारले देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, विदेशस्थित कुटनीतिक नियोगहरूमा मंगलबार एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको बताइएको छ । साथै मंगलवार राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको समेत सूचनामा भनिएको छ ।

    शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा आइतबार बिहान निधन भएको थियो ।

    मृत्युपश्चात आफ्नो शरीर दान दिने घोषणा गरेका जोशीको पार्थिव शरीर ललितपुरस्थित किष्ट अस्पताललाई हस्तान्तरण गरिएको छ । यस अघि अपराह्न ललितपुर महानगरपालिका परिसरमा नेपाल प्रहरीको एक टुकडीले राष्ट्रिय सम्मान स्वरुप शोक सलामी चढाएको थियो ।

    शताब्दी पुरुष सत्यमोहन जोशीका श्रीमती ३ छोरा र ३ छोरी छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...