News Portal

  • पत्रकारद्वय थापा र घिमिरे मिलन नेपाली साहसिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ५ कार्तिक २०७९
    ७३७ पटक
    press centreभक्तपुर, ५ कार्तिक २०७९

    पत्रकारद्वय रोजिना थापा र शिवहरि घिमिरेलाई मिलन नेपाली साहसिक पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । जनयुद्धमा राज्य पक्षले बेपत्ता बनाएका पत्रकार मिलन नेपालीको नाममा स्थापित पुरस्कार यो वर्ष पत्रकारद्वय थापा र घिमिरेलाई प्रदान गरिएको हो ।

    प्रमाण पत्र र नगद सहित शनिवार पत्रकारद्वय थापा र घिमिरे प्रेस सेन्टर ललितपुरद्वारा स्थापित ‘मिलन नेपाली साहसिक पत्रकारिता पुरस्कार २०७९’ बाट पुरस्कृत भएका हुन् । थापा देखापढीकी समाचार संयोजक हुन् भने घिमिरे नयाँ पत्रिका संग आवद्ध रहेका छन् । जनयुद्धसंग जोडिएका मिलन नेपालीको नाममा स्थापित पुरस्कार प्राप्त गर्दा जनपक्षीय पत्रकारिता गर्न थप उत्साह पैदा भएको उनीहरूले प्रतिक्रिया दिएका छन् । उक्त पुरस्कारको राशी नगद रु ५ हजार १ सय रहेको जिल्ला अध्यक्ष रामहरि कार्कीले जनाएका छन् । पुरस्कारको अक्षय कोष वृद्धिका लागि मिलन नेपालीकी जीवन संगिनी सविता बस्नेतले ४० हजार रुपियाँ समेत अध्यक्ष कार्कीलाई हस्तान्तरण गरेकी छन् । कार्यक्रममा उनले प्रेस सेन्टरले आफ्नो श्रीमानको योगदानलाई कदर गर्दै बिभिन्न कार्यक्रम गरेको प्रति आभार प्रकट गरिन । उनले आफूहरुले आस्था बोकेको पार्टी नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) ले जनयुद्धका क्रममा शहिद, बेपत्ता र घाइते भएकाहरुको सपना पुरा गर्न थप जनपक्षीय काम गर्नुपर्नेमा जोड दिइन ।

    पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रेस सेन्टर नेपालका इन्चार्ज एवं नेकपा(माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य महेश्वर दाहालले जनयुद्धको उपलब्धी रक्षा र परिवर्तनको पक्षमा पत्रकारहरुले खबरदारी गरिराख्नु नै मिलन नेपालीहरुप्रति सच्चा सम्मान हुने बिचार व्यक्त गरे । उनले माओवादी केन्द्र बाहेक कुनै दलसंग पनि परिवर्तन र अग्रगमनको एजेन्डा नभएको दावी गर्दै त्यो एजेन्डा जनतामा स्थापित गर्न पत्रकारहरुको अहम भूमिका रहने बताए ।

    उक्त अवसरमा पार्टीका ललितपुर इन्चार्ज दिपेश महर्जनले आसन्न निर्वाचनलाई केन्द्रमा राखी माओवादी केन्द्रको नीति जनतासम्म पुर्याउन र परिवर्तनको पक्षमा मत आकृष्ट गर्न आग्रह गरेका थिए भने प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा जुगल र उपाध्यक्ष निर्मल ज्ञवालीले प्रचारको मोर्चा सम्हाल्न प्रेस सेन्टर पूर्ण प्रतिवद्ध र तम्तयार रहेको बताएका थिए ।

    प्रेस सेन्टर ललितपुरका सचिव दिपक अर्यालले संचालन गरेको उक्त कार्यक्रममा जिल्लाका सस्थापक अध्यक्ष एवं केन्द्रीय सदस्य ज्ञानप्रसाद पौडेलले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष एवं बामपन्थी विचारक भवानी बराल, पार्टीका ललितपुर संयोजक शिव कट्टेल, नेपाल पत्रकार महासंघ काठमाडौंका अध्यक्ष सुर्य सुवेदी त्यसैगरी माओवादी केन्द्र ललितपुरका प्रचार बिभाग प्रमुख देवीदत्त पौडेल लगायतको आतिथ्यता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...