News Portal

  • जब भक्तपुरकी मतदाताले रोजेको चुनाव चिह्न देखिनन्

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २१ कार्तिक २०७९
    ८१५ पटक
    भक्तपुर, २१ कार्तिक २०७९

    भोट खसाल्न मतदान केन्द्र पुगेकी एक जेष्ठ नागरिक मतपत्रमा आफूले रोजेको चिह्न नदेखेपछि रनभुल्लमा परिन । मतदान गरेर आफ्नो जनप्रतिनिधि चुन्न आतुर उनलाई रोजेको चुनाव चिह्न नदेख्दा पर्नु पिर पर्यो र उनी मत पत्र लिएर अलमल गर्न थालिन । त्यसपछि उनले प्रतिक्रिया दिंदै चुनाव चिह्न नभएको जानकारी गराइन । मतदान अधिकृतले नमूना मतदानमा नमूना मतपत्र भएको र यसमा चुनाव चिह्न सांकेतिक मात्र राखिएको कुरा बुझाएपछि मात्र उनको चित्त बुझ्यो र उनी नमूना मतदान गरी फर्कीइन ।

    यो दृश्य भक्तपुर नगरपालिका मतदान केन्द्रमा आइतवार देखिएको दृश्य हो । वास्तविक मतदानकै झल्को दिने गरी भक्तपुरमा आइतवार नमूना मतदान सम्पन्न भएको छ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको नमूना प्रस्तुत गरिएको उक्त नमूना मतदानमा सबै प्रक्रिया दुरुस्त हुँदा मतदाताहरुमा साच्चिकै मदतानमा सहभागी भएको उत्साह देखिन्थ्यो । ४ वटा मत पेटिकामा मत खसाल्नुपर्ने हुँदा कतिपय मतदातामा कसरी गर्ने होला भन्ने कौतुहलता पनि देखिन्थ्यो ।मतदातालाई सबैभन्दा पहिले प्रतिनिधि साभाको प्रत्यक्ष तर्फको मतपत्र दिइएको थियो । उक्त मतपत्र मतपेटिकामा खसेपछिमात्र अर्का कर्मचारीले प्रतिनिधि सभा समानुपातिकको मतपत्र दिएका थिए । सो खसालेपछि प्रदेशको प्रत्यक्ष तर्फको मतपत्र प्राप्त गरेका मतदातालाई अन्तिममा प्रदेश समानुपातिकको मतपत्र थमाईएको थियो । प्रत्येक मतपत्र छुट्टै कर्मचारीले दिने र छुट्टै मतपेटिकामा खसाल्नपर्ने व्यवस्था मिलाइएको थियो ।

    भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिले मतदान गरी शुरु गरेको नमूना मतदानमा ४ दर्जन मतदाताले मत खसालेका निर्वाचन कार्यालयका सूचना अधिकारी भिम बहादुर बिसीले बताए । मत खस्नु अघिका सबै प्रक्रिया पुरा गरेकाले मतदाता झुक्किने प्रवृत्ति अध्ययन गर्न र त्यसलाई मतदाता शिक्षामा जोड्न सहज हुने निर्वाचन कार्यालयका प्रमुख नरेन्द्र न्यौपानेले विश्वास व्यक्त गरेका छन् ।

    उक्त नमूना मतदानको अवलोकन गर्न भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, प्रमुख निर्वाचन अधिकृत गोपाल प्रसाद बास्तोला, सशस्त्र प्रहरी २२ नम्बर गणका गणपति नरबहादुर रावत, इन्द्रबक्स गणका गणपति श्यामराजा बिक्रम थापा लगायत भक्तपुर नगरपालिका पुगेका थिए । यस अघि चाँगुनारायण नगरपालिकामा पनि आइतवार नै नमूना मतदान सम्पन्न गरिएको थियो । सोमवार सूर्यविनायक र मध्यपुर थिमिमा नमूना मतदान हुने निर्वाचन कार्यालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    बेहुली झैं बन्यो ताथली : भक्तजन संगै तानिए टिकटकर

    भक्तपुरको चाँगुनारायण ९ ताथलीमा शुक्रवारबाट सुरु हुने श्रीमदभागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञको तयारी सम्पन्न...

    Municipality welcomes the first group to enter Bhaktapur city

    bhaktapur welcomes

    On the occasion of World Tourism Day, the first group to enter Bhaktapur has been...

    सहकारी मार्फत कारखाना खोल्नु आवश्यक : बिजुक्छेँ

    narayanman bijukchhen

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुरको अशक्त र असहाय नागरिकहरुलाई अब...

    भक्तपुरमा डाक्टरहरुको बिरोध प्रदर्शन

    देशका बिभिन्न भागमा चिकित्सकमाथि हातपातको बिरोधमा भक्तपुरका डाक्टरहरुले बिरोध प्रदर्शन गरेका छन् । आकस्मिक बाहेकका...

    नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा सिटी स्क्यान सेवा शुरु

    city scan thimi

    मध्यपुर थिमिको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा सिटी स्क्यान सेवा शुरु भएको छ । मंगलवारबाट...