News Portal

  • को हुन् भक्तपुरमा नेमकिपाको सत्ता ढाल्न गठबन्धनले उभ्याएका गोठे

    निशा कुस्मा / भक्तपुर पोस्टभक्तपुर, २३ कार्तिक २०७९
    १३१२ पटक
    भक्तपुर, २३ कार्तिक २०७९

    भक्तपुर भन्ने बित्तिकै नेता नारायणमान बिजुक्छें ‘रोहित’ र उनी नेतृत्वको पार्टी नेमकिपाको नाम आइहाल्छ । देशबिदेशमा भक्तपुर नेमकिपासंग जोडिएर समेत परिचित रहेको स्वयं नेमकिपा इत्तरका राजनीतिकर्मीहरु समेत स्वीकार गर्दछन् ।

    सधै केन्द्रीय सत्ताको बिरोध गर्ने नेमकिपाले भक्तपुरमा भने एकछत्र सत्ता चलाइरहेको छ । गत स्थानीय निर्वाचनमा भक्तपुर नगरपालिकाको परिणामबाट हौसिएको नेमकिपा यस पटक पनि प्रतिनिधि सभामा आफ्नो सचिव प्रेम सुवाल निर्वाचित हुनेमा निश्चिन्त देखिन्छ । तर, उसको आत्मविश्वासलाई लल्कार्दै बाम लोकतान्त्रिक गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार सुनिल गोठे बासु प्रतिनिधि सभा सदस्य निर्वाचनको मैदानमा रहेका छन् । उनले नेमकिपाका केन्द्रीय सचिव एवं निवर्तमान प्रतिनिधि सभा सदस्य प्रेम सुवाललाई चुनावी धावा बोल्दै निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य बनेरै छाड्ने बताएका छन् ।

    ६२ वर्षिय सचिव सुवाल विरुद्ध युवा उम्मेदवार सुनिलको भिडन्तलाई दुई पुस्ता बीचको भिडन्तको रुपमा गठबन्धनले अर्थ लगाएको छ । आफू काम नगर्ने तर काम गर्नेका बिरुद्ध जनतालाई भ्रम छर्ने काम नेमकिपाले गरिरहेको गठबन्धनले प्रचार गरिरहेको छ । निर्वाचन पछि गठबन्धनकै सरकार बन्ने जिकिर गर्दै गठबन्धनका नेताकार्यकर्ताले आफ्नो गोलाकार भित्र हसिया हतौडा चुनाव चिह्नका उम्मेदवार सुनिल गोठेलाई सरकारमा पुर्याउन मत मागिरहेका छन् । नेमकिपाले प्रतिनिधि सभाको पछिल्लो बेन्चमा बसेर सरकार बिरुद्ध धारे हात लाउने सिवाए काम गर्न नसक्ने बताउँदै  उनीहरुले भक्तपुरबाट सरकारमा समेत सामेल हुनसक्ने युवा उम्मेदवार गोठेले जित्ने जिकिर गरेका छन् ।

    त्यसो त माओवादी केन्द्र आफै पनि यस क्षेत्रमा कमजोर भने होइन । पहिलो संविधान सभामा तत्कालीन नेकपा (माओवादी) का उम्मेदवार देवेन्द्र श्रेष्ठले नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेलाई कडा चुनौती दिएका थिए । त्यसबेला पुरै धरमराएको नेमकिपाको भक्तपुर गढ माओवादी भित्रको टुट्फुटका कारण पुन मजबुद बन्न सफल भएको बिश्लेषकहरु बताउछन् । यसपटक उनै लोकप्रिय नेता देवेन्द्र श्रेष्ठ समानुपातिक उम्मेदवार रहेका र युवा नेता गोठेको नेतृत्वमा गठबन्धनको शक्ति सहित परिचालित भएकाले माओवादी केन्द्रले ऐतिहासिक जीत हासिल गर्ने केन्द्रीय सदस्य एवं भक्तपुरका नेता डिपी ढकाल दावी गर्दछ्न ।

    को हुन् गठबन्धनका साझा उम्मेदवार सुनिल गोठे

     भक्तपुर नगरपालिका वडा नम्बर १ मा बुवा मंगललाल गोठे र आमा बिजुली गोठेको छोरा भएर जन्मिएका सुनिल गोठे स्कूल बेला देखि नै राजनीतिमा सक्रिय रहेका थिए । २०५७ सालमा अखिल (क्रान्तिकारी) को भक्तपुर नगर सचिव हुँदै तत्कालिन नेकपा (माओवादी) द्वारा संचालित जनयुद्धमा होमीएका उनी वर्गीय मुक्तिको समरयात्रामा सफलतापूर्वक उतीर्ण भएका युवा  नेता हुन् ।जनयुद्धको भीषण आधीबेहरीबाट नेतृत्व विकास गरेका गोठे हाल नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) को भक्तपुर जिल्ला समन्वय समितिको संयोजक रहेका छन् ।

    तत्कालिन राज्यसत्ताको विरोध गर्दा पटकपटक धरपकड र यातना खाएका उनले २०५८ पुसदेखि १५ महिला जेलजीवन बिताएका छन् । वर्तमान परिवर्तन एकैरातमा भएको झै ठान्ने जमातका लागि गोठे नयाँ नाम हुनसक्छ तर, वर्गीय मुक्ति र स्वतन्त्रताको पक्षपातीहरुले वर्तमान जनताको ब्यवस्था स्थापनामा उनले गरेको दिनरातको योगदान नजिकबाट नियालेका छन् ।

    राजनीतिलाई जनताको सेवा गर्ने माध्यम बताउने गोठे इमान्दारीताको पर्याय पनि हुन् । जिल्ला खेलकुद विकास समितिको अध्यक्ष भएर जिल्लाको खेलकुद क्षेत्रको बिकासलाई अघि बढाएका गोठेले प्रतिनिधि सभा सदस्य भएर जिल्लाको आवाज प्रतिनिधि सभामा लैजाने र समग्र बिकास एवं समृद्धिको नेतृत्व गर्ने सपना बोकेका छन् । उनले एक दर्जन बढी आफ्ना प्रतिस्पर्धी रहेपनि नेमकिपाका उम्मेदवार प्रेम सुवाललाई मात्र प्रतिस्पर्धी मानेका छन् । नेमकिपाले यस् अघि सधै यस क्षेत्रबाट प्रतिनिधित्व गरेपनि जनताको जनजीविका र आवश्यकता पूरा गर्ने तत्परता र सामर्थ्य नराख्ने उनको भनाइ छ । स्थानीय जनतालाई भ्रममा पारेर नेमकिपा निर्वाचित हुने गरेको आरोप लगाउदै गोठेले यसपटक जनताले आफूलाई जिताउने जिकिर गरे ।

    राजनीति बाहेक ईताछें विनायक बचत तथा ऋण सहकारी संस्थाको सचिव एवं विभिन्न सामाजिक सस्थामा आवद्ध रही समाज सेवामा सक्रिय गोठे अर्थराजनीति एवं समाजविकासमा रुचि  राख्दछन । उनले आफू निर्वाचित भएपछि नेमकिपा नेतृत्वले वर्षाैदेखि अघि सारेर पनि पूरा गर्न नसकेको ख्वप: विश्वविद्यालय र देकोमिवा इतापाके आयोजनालाई जनताको इच्छा अनुरुप पुरा गर्ने प्रतिवद्धता प्रकट गरेका छन् । उनले नेमकिपाका कारण सिंहदरबारमा भक्तपुरको पहुँच नभएको आरोप लगाउदै आफूले भक्तपुरलाई सिंहदरबारसंग जोड्ने र यहाँका आवश्यकता विशेष पूर्णरुपले पूरा गर्दैजाने जनाएका छन् । यस क्षेत्रमा पर्ने चाँगुनारायण नगर क्षेत्रमा पनि चक्रपथ निर्माण गर्ने, विर अस्पताल स्थानान्तरणलाई मुर्त रुप दिने, कृषि र पर्यटनमार्फत भक्तपुर र चाँगुनारायणलाई एकअर्काको परिपुरकका रुपमा अघि बढाउने योजना उनले बनाएका छन् । उनी स्थानीय आवश्यकताको आधारमा चुनावी प्रतिवद्धता पत्र नै बनाएर घरदैलोमा मत माग्न पुगिरहेका छन् । स्थानीय मतदाताले आफूलाई सकारात्मक प्रतिक्रिया र हौसला दिइरहेको बताउदै उनले यसपटक मतदाताले आफूलाई मतदान गरि नेमकिपाको निरङ्कुशता ढाल्ने विश्वास ब्यक्त गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...