News Portal

  • विकास र समृद्धिमा एमालेको विकल्प छैन भन्दै एमाले उम्मेदवार बस्नेतको गाउँ गुण्डूमा चुनावी रौनक

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २४ कार्तिक २०७९
    ५६४ पटक
    भक्तपुर, २४ कार्तिक २०७९

    भक्तपुरको विकास र समृद्धिमा एमालेको विकल्प नभएको उल्लेख गर्दै सूर्यमा भन्दा अन्यमा छाप लगाउन गुण्डुका मतदाताको हात नै नलाग्ने स्थानीय नेताकार्यकर्ताले जिकिर गरेका छन् । सूर्यमा भोट नदिनु भक्तपुरलाई अन्धकारको यात्रामा लैजानु भएको उल्लेख गर्दै आगामी दिनमा महेश बस्नेत भक्तपुरको मात्र नभई मुलुककै नेतृत्व गर्ने क्षमता भएको लिडर भन्दै गुण्डूमा एमालेको पक्षमा भोट हाल्न आतुर रहेको उनीहरूले जिकिर गरेका हुन् ।

    आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको संघारमा प्रचार प्रसारको क्रममा नेकपा एमाले भक्तपुर क्षेत्र नं. २ ‘क’ निर्वाचन परिचालन कमिटीले आयोजना गरेको घरदैलो कार्यक्रम बुधबार सूर्यविनायक नगरपालिका वडा नं. ७ मा सम्पन्न गरेको हो । यो उम्मेदवार बस्नेतको वडा हो ।

    घरदैलो कार्यक्रममा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो । सामान्यतया कार्यकर्ताहरुद्वारा गरिने घरदैलो कार्यक्रम हुने गर्दछ । तर बुधबार भने फरक रहयो । घरदैलो कार्यक्रममा कार्यकर्ताको साथसाथै अधिकांश स्थानीयवासी सडमा उर्लिएका थिए ।  नेता भोट माग्दै जनताको घर घरमा पुगने परम्परा रहेता पनि गुण्डूमा भने जनताले विजय र्याली मनाएजस्तो गरी सडकमा उत्साहजन सहभागिता रहेको थियो । सडक भर फूल तथा अविरले रंगिएको थियो ।

    घरदैलो कार्यक्रममा स्वतस्फुर्त रुपमा वडा नं. ७ का जनता सडकमा आएपछि उम्मेदवार बस्नेत उत्साहित भएका थिए । एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा क्षेत्र नं. २ का उम्मेदवार महेश बस्नेतको गृह गाउँ गुण्डूमा भव्य रुपमा घरदैलो कार्यक्रम सम्पन्न गरिएको बताइएको छ ।

    र्यालीमा सहभागीहरुले ‘भक्तपुरका जनताले के भन्छन्, महेश किरण ले भन्छन्’, महेश बस्नेत वान्स मोर’, ‘नेकपा एमाले जिन्दावाद’, ‘राष्ट्रघातीलाई चोट, एमालेलाई भोट’, ‘आयो आयो, नेकपा एमाले आयो’, ‘सूर्यमा छाप झ्याप झ्याप’, लगायतका नाराहरु लगाएका थिए । विकास र समृद्धिमा महेश बस्नेतको नेतृत्वमा भएका आयोजनाहरुको बारेमा जनताले नाराका माध्यमबाट प्रस्तुत गरेका थिए भने विजय जुलुश जस्तै एमाले तथा महेश बस्नेत समर्थक गीतहरु गाउँदै सडकमा नै नाचगान समेत गरेका थिए ।

    कार्यक्रममा एमाले बागमती प्रदेशका सदस्य शशी जंग थापा, राजेन्द्र राजथला, जिल्ला अध्यक्ष बचन देउजा, एमाले सूर्यविनायक ‘क’ क्षेत्रका उम्मेदवार किरण थापा, समानुपातिक उम्मेदवार सकुन्तला श्रेष्ठलगायतका नेता तथा कार्यकर्ताको साथमा स्थानीयवासीको सहभागिता रहेको युवा नेता दिनेश थापाले जानकारी दिए । सच्याइएको : केही वाक्यांस अन्यथा भएकोले सच्याइएको छ । – सम्पादक

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...