News Portal

  • जनताको जीवनस्तर बदल्ने गरी संविधान संसोधन गछौं : मन्त्री पौडेल

    इभक्तपुर संवाददाताबागलुङ, २४ कार्तिक २०७९
    ३२० पटक
    बागलुङ, २४ कार्तिक २०७९

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जनताको जीवनस्तर बदल्ने गरी संविधान संशोधन गर्ने बताएका छन् । बुधबार तमानखोला गाउँपालिका वडा नम्बर ५ र ६ को चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको जीवनस्तर बदल्ने गरी संविधान संशोधन गर्ने बताए ।

    “जनताको जीवनस्तर बदल्नका लागि लेखिएको दस्ताबेज संविधान हो,” उनले भने, “यो जनताको आवश्यकता अनुसार संविधान परिमार्जन गछौं ।” उनले विभिन्न प्रकारका समस्या र अप्ठ्यारो आउँदा लोकतान्त्रिक र बामपन्थी शक्ति मिलेर अघि बढेको जनाए ।

    लामो समयको बलिदानबाट प्राप्त उपलिब्धलाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले मेटाउन खोजेको बताउँदै पाच दलिय गठबन्धन बनेको बताए । उनले सरकार बनाउनका लागि मात्रै नभई संघीय लोकतान्त्रिक गणत्रन्त्र रक्षाका लागि ५ दलिय गठबन्धन भएको दोहोर्याए ।

    “राष्ट्र्पतिलाई दुरुपयोग गरी दुई दुई पटक संसद विघटन गर्ने काम केपी ओलीले गर्नुभयो,” उनले भने, “न्यायलयले संविधानको व्याख्या गर्यो र संविधानले सहि ट्याक समातेको छ ।”

    “जनप्रतिनिधिको सर्वोच्च थलोलाई होच्चाउने र अपमान गर्ने काम केपी ओलीले गर्नुभएको छ ।,” उनले भने, “ यो सरकार परमादेशबाट जन्मिएको हो भनेर अदालतको निर्णयलाई अपहेलना गर्नुभयो ।”

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...