News Portal

  • भ्रम फैलाएर चुनाव जित्ने सपना नदेख्न कांग्रेस उम्मेदवार दुर्लभ थापाको चेतावनी

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २४ कार्तिक २०७९
    १९७ पटक
    भक्तपुर, २४ कार्तिक २०७९

    भक्तपुर क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले कांग्रेस र गठबन्धनबारे भ्रम नफैलाउन प्रतिष्पर्धी दल एमालेका उम्मेदवार महेश बस्नेतलाई चेतावनी दिएका छन् ।

    लोकतान्त्रिक वाम गठबन्धनको संयुक्त निर्वाचन परिचालन कमिटीले मध्यपुर थिमिको स्वंगा पुखुमा बुधवार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले उक्त चेतावनी दिएका हुन् ।  मंसिर ४ गतेको निर्वाचनमा हार्ने निश्चित भएपछि प्रतिष्पर्धी दलका उम्मेदवारले भ्रमको राजनीति शुरु गरेको र गठबन्धन बारे मतदातालाई भ्रमित पार्ने दुष्प्रयास गरेको उनले आरोप लगाए । भ्रम फैलाएर चुनाव जित्ने सपना नदेख्न समेत उनले सुझाव दिए ।

    “आफ्नो पार्टी मिलाउन नसक्ने, पार्टीमा हैकमवाद लाद्न खोज्ने, पार्टी हो की व्यक्ति हो छुट्याउन नसक्नेहरुले अरुलाई पनि त्यस्तै देख्छन,” थापाले भने, ओली अधिनायकवाद विरुद्ध बिद्रोह गरेर कांग्रेससंग कम्युनिस्ट मिल्न आएपछि गठबन्धन बनेको बनाउदै सभापति थापाले यसले नै लोकतन्त्र बलियो बनाउने र बिकास एवम् समृद्धिको नेतृत्व गर्ने बताए ।

    उनले आफ्नो दल मिलाउन नसक्नेहरुले कांग्रेसभित्र असन्तुष्टि भएको र गठबन्धनबीच एकता नभएको भन्दै भ्रम फैलाउन खोजेको आरोप लगाउँदैं चुनावी सभामा जनसमूदायको बाक्लो उपस्थितिले उनीहरुलाई गतिलो झापड दिएको दावी गरे । उनले प्रतिष्पर्धी उम्मेदवार महेश बस्नेततर्फ इंगित गर्दै विगतमा आफुले गरेका प्रतिवद्धता फर्केर हेर्न पनि आग्रह गरे ।

    थापाले भने, “विगतमा यही ठाँउमा उभिएर गरेका प्रतिवद्धताहरु कति पुरा गर्नुभयो ? मतदातालाई एक पटक झुक्याउन सजिलो भएपनि बारबार त्यसो गर्न सकिने नठान्नुहोस । ” राजनीति नैतिकता र इमान्दारितामा आधारित हुनुपर्ने बताउँदैं थापाले आम मतदाताहरु झुटको राजनीतिबाट सचेत हुनुपर्नेमा जोड दिए । उनले समाजको सेवामा समर्पित हुनुपर्ने राजनीति अहिले कसैका लागि व्यवसाय भएको र रातारात अरबपति बन्ने हतियार बनेको आरोप समेत लगाए ।

    मध्यपुर थिमि कला सँस्कृतिको धनी शहर भएको र यहाँको कला सँस्कृतिको जगेर्ना स्थानीय गुठीहरुले गरिरहेको चर्चा गर्दै उनले विगतमा नेवार समूदायको मतबाट निर्वाचित जनप्रतिनिधिले गुठी विधेयक मार्फत परम्परागत साँस्कृतिलाई मास्न खोजेको स्मरण गराउदै आफ्नो तर्फबाट यस्तो जनघात नहुने प्रतिवद्धता पनि पेश गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा नर्सिङ्ग पढाउछौं : सांसद थापा

    durlab

    प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले मध्यपुर थिमि नगरपालिकाको नेपाल कोरिया मैत्री नगर अस्पताललाई स्वास्थ्य शिक्षासंग...

    मिटरब्याजी पीडितको माग सम्बोधन गर्ने गृह मन्त्रालयको आश्वासन

    मिटरब्याजी पीडितका समस्या समाधान गर्ने आश्वासन गृह मन्त्रालयले दिएको छ । मिटरब्याजी पीडितलाई भेट्न टंगाल...

    नेपालको अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भुमिका महत्वपुर्णः सभामुख घिमिरे

    प्रतिनिधि सभाका सभामुख देबराज घिमिरेले नेपालको अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भुमिका महत्वपुर्ण रहेको बताएका छन्...

    गोपाल नारायणको नेतृत्वमा नेराकस(निजामती)को शिक्षा विभागीय कार्यसमिति पुनर्गठन

    नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को शिक्षा विभागीय कार्यसमिति पुनर्गठन गरिएको छ । निवर्तमान अध्यक्ष...

    मंगलवार बेलुकी गठबन्धनको बैठक बस्ने, मन्त्रिपरिषद् विस्तार गर्न छलफल गरिने

    मंगलबार सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । मन्त्रिपरिषद् विस्तारका लागि छलफल गर्न मंगलबार अपरान्ह...