News Portal

  • पैसा उठाउँन नपाए विश्वकप नदेखाउने मिडिया हबको चेतावनी, पुग्यो सर्वोच्च अदालत

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २५ कार्तिक २०७९
    २२१ पटक
    भक्तपुर, २५ कार्तिक २०७९

    विश्वकप फुटबल हेर्नका लागि दर्शकबाट ५०० रुपैयाँ असुल गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले दिएको आदेश खारेजीको माग गर्दै मिडिया हबले पनि सर्वोच्च अदालतमा रिट दायर गरेका छ । मिडिया हबले हिजो बिहिबार रिट दायर गरेकोमा आज शुक्रबार रिटको पेशी तोकिएको छ ।

    आज न्यायधीशद्वारा प्रकाशमान सिंह राउत र डा. मनोजकुमार शर्माको संयुक्त इजलाशमा उक्त रिटको पेशी तोकिएको हो । सो इजलाशमा यो रिटको पेशी २१ औ नम्बरमा तोकिएकोले रिट सुनुवाईको लागि पालो आउने सम्भावना भने न्यून छ ।

    मिडिया हबले दायर गरेको रिटमा सर्वाेच्च अदालतले विश्वकप फुटबल हेर्नका लागि दर्शकबाट ५०० रुपैयाँ असुल गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न दिएको आदेश खारेजीको माग गरिएको छ । अल्पकालीन अन्तरिम आदेश कायम रहेमा नेपालमा विश्वकप फुटबल हेर्न नपाउने अवस्था आउने रिटमा उल्लेख गरिएको छ । अल्पकालीन अन्तरिम आदेश जारी रहेमा मिडिया हबले विश्वकप फुटबलको लाइभ देखाउँन नसक्ने र नेपालको लागि मिडिया हब मात्र अधिकारिक वितरक भएकोले नेपालमा विश्वकप फुटबल नै नआउने रिटमा उल्लेख गरिएको छ ।

    साथै रिटमा यस विषयलाई छिटो निर्क्यौल गर्न माग गर्दै रिटलाई अग्राधिकार दिनको लागि आग्रह गरिएको छ । यस मुद्दाको सुनुवाई ढिलो हुँदा उपकरण आयात गर्ने, वित्तीय तथा बजार व्यवस्थापन गर्ने, टिभी च्यानलसँग सम्झौता गर्ने, विज्ञापन गर्ने, सब्सक्रिप्सन वितरण गर्ने लगायतका प्राविधिक तथा व्यवस्थापकीय काम रभावित भएर विश्वकप नै प्रसारण नहुने अवस्था आउने रिटमा उल्लेख गरिएको छ । यस अघि नेपाल मै पनि र विदेशमा पनि ग्राहकसँग पैसा लिएर प्रतियोगिता लाइभ गरिएको उदाहरण समेत मिडिया हबले पेश गरेको छ ।

    उपभोक्ताहरुको तर्फबाट अधिवक्ता किशोर पौडेल र अनुपम भट्टराईले राष्ट्रिय प्रसारण नियमावली अनुसार मिडिया हबले विश्वकप देखाउँन थप शुल्क लिन नपाउने भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए। सो रिटको सुनुवाई गर्दै कार्तिक २२ मा न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले विश्वकप देखाउँन नेपाली दर्शकबाट प्रतिग्राहक ५ सय रुपैयाँ असूल्ने निर्णय तत्काल कार्यन्वयन नगर्न मिडिया हबको नाममा अल्पकालीन अन्तरिम आदेश दिएको थियो । ग्राहकमाथि अपूरणीय क्षति हुनसक्ने भन्दै अतिरिक्त शुल्क लिने निर्णय यथास्थितिमा राख्न अदालतले आदेश दिएको थियो ।रिटमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार , सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरबार , मिडिया हब प्रा.लि, एनआईटिभी स्ट्रीम्ज प्रा.लि., भायानेट कम्युनिकेशन्स प्रा.लि.प्रेरा बिजनेस सेन्टर र एडप्याड एक्युजिशन प्रा.लिलाई विपक्षी बनाईएको छ।

    कतारमा हुने विश्वकप आगामी मङ्सिर ४ गते सुरु हुने छ । नेपालमा विश्वकप प्रसारणको सम्पूर्ण अधिकार मिडिया हबले पाएको छ । मिडिया हबले विश्वकप देखाउन दर्शकसँग थप शुल्क अर्थात् ५०० मागिरहेको छ । अर्थात् ५०० नतिर्ने दर्शकले विश्वकप हेर्न पाउने छैनन् । मिडिया हबका अध्यक्ष सोम धिताल आफुले १५ लाख डलरमा भियाकमबाट प्रसारण अधिकार खरिद गरेको बताउछन् । यो रकम नेपाली रकम अनुसार २० करोड हाराहारी हुन आउँछ । २० करोडमा अधिकार खरिद गरेको र विश्वकप निशुल्क देखाउंदा आफुलाई घाटा पर्ने भन्दै शुल्क लिन लागिएको उनको भनाई छ।

    मिडिया हबले पैसा लिएर विश्वकप देखाउने तयारी गरेपछि यो मुद्दा सर्वोच्च पुगेको हो ।

    यस अघि : छिमेकी देशमा विश्वकप निशुल्क, नेपालमा भने मिडिया हबको ‘लूट धन्दा’

    प्रतिकृया दिनुहोस्

    भक्तपुरकै जेठो साहित्य मन्दिरको साधारण सभामा संस्थापक कायष्ठ सम्मानित

    भक्तपुरकै जेठो एवं देशकै पनि एक पुरानो र प्रतिष्ठित साहित्यिक संस्था नेपाल साहित्य मन्दिरको १३...

    सल्लाघारीमा चैत २३ देखि ११ दिनसम्म महोत्सव

    नयाँ वर्ष एवं बिस्का पर्वको अवसरमा भक्तपुरमा हुँदै आएको औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवले...

    प्रकाश ‘माइला’ को ‘साइकलमा सल बेरियो’

    अनेसास केन्द्रीय कार्यसमितिका निवर्तमान अध्यक्ष तथा साहित्यकार प्रकाश पौडेल ‘माइला’को शब्द तथा वसन्त र अस्मिताको...

    पदम विश्वकर्मा साहित्य प्रतिष्ठानद्वारा ‘प्रतिबन्ध’ प्रकाशन तथा पुरस्कार वितरण

    पदम विश्वकर्मा साहित्य प्रतिष्ठान तथा नेपाल दलित तथा संस्कृति प्रतिष्ठानको आयोजनामा प्रतिबन्ध कथासंग्रहको लोकार्पण तथा...

    भक्तपुर नगरपालिकाले सञ्चालन गरेका शिक्षण संस्थाहरुमा नयाँ प्राचार्य नियुक्त

    भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ‘ख्वप मा.वि.’, ‘ख्वप कलेज’, ‘शारदा क्याम्पस’, ‘शारदा क्याम्पस मा.वि’ र ‘ख्वप कलेज...