News Portal

  • महेश बस्नेतको घोषणा : ‘बाँकी सम्पूर्ण जीवन राष्ट्रको लागि’

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २८ कार्तिक २०७९
    १३५ पटक
     भक्तपुर, २८ कार्तिक २०७९

    नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले आफ्नो बाँकी सम्पूर्ण जीवन राष्ट्रको लागि हुने घोषणा गरेका छन् ।

    आइतबार मध्यपुर थिमी नगरपालिका वडा नं. ३ कौशलटारमा क्षेत्र नं. २ ‘ख’ प्रदेश स्तरीय आमसभालाई सम्बोधन गर्दै नेता बस्नेतले अब आफ्नो सम्पूर्ण ध्यान भक्तपुर र राष्ट्रको विकास तथा समृद्धिको लागि हुने बताए । आफु र २ नं. क्षेत्रका एमालेको उम्मेदवारको लोभ भनेको नै विकास र समृद्धिको साथमा जनताको चाहना पुरा गरिरहेको उल्लेख गर्दै उनले बाँकी जीवन राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको पक्षमा रही देश विकासमा लाग्ने घोषणा गरेका हुन् । आफुले कुनै पनि कुराको नेतृत्व गर्दा आर्थिक लोभमा कहिले पनि नपरेको र अबका दिनमा अझ बढी सक्रियताका साथ नेपाललाई विकसित राष्ट्र बनाउन लाग्ने जनाए ।

    उनले भने, ‘मेरो त घरमा बा आमाले कहिले काहीँ खाना नखाई पुग्यो र खाना छ कि छैन भनेर सोध्यो भने पनि खबर नै गरिनस् भन्नुहुन्छ । परिवारले समेत महेश बस्नेत राष्ट्रको छोरो, दाई, भाई भइसक्यो भन्ने बुझ्नुभएको छ । त्यसैले अब मेरो जीवनको बाँकी समय राष्ट्रको लागि हुनेछ । राष्ट्रको हितको लागि काम गर्दा कुनै प्रकारको लोभ लालच तथा आर्थिक अनियमितता, भ्रष्टाचार म बाट हुने छैन । म भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको प्रतिवद्धतालाई शतप्रतिशत पुरा गर्नेछु ।’

    जनताको मागलाई शतप्रतिशत पुरा गर्ने प्रतिवद्धता जनाउँदै भक्तपुरको विकासको ब्राण्डेड पार्टी भनेको नै एमाले मात्र भएको नेता बस्नेतले दावी गरे । गठबन्धनका दलहरुले विकास र समृद्धिको वारेमा जानकार समेत नरहेको उल्लेख गर्दै उनले गठबन्धन सरकार बनेको १८ महिनामा भक्तपुरमा कति बजेट आयो ? भनि प्रश्न गर्नुभयो । केपी ओली नेतृत्वको सरकारको पालामा भक्तपुरमा संघीय सरकारबाट मात्र २६ अर्वभन्दा बढी बजेट ल्याई पूर्वाधारका क्षेत्रमा ऐतिहासिक कामहरु गरेको जनतालाई प्रष्ट रहेको उल्लेख गर्दै उनले ‘जहाँ एमाले त्यहाँ विकास’ भन्ने अभियान नै चलाएको स्मरण गराए ।

    जनताले टर्च बालेर भक्तपुरमा गठबन्धन दल तथा नेताहरु छन् कि छैनन् भनि जनताले खोजिरहेको उल्लेख गर्दै उहाँले एमाले जनताको सल्लाह बमोजिम चल्ने पार्टी भएकाले जनताको सुझावको आधारमा नै एमालेका उम्मेदवारको प्रतिवद्धता हुने बताए । भक्तपुरमा बेसिक लेभलको भौतिक पूर्वाधारको क्षेत्रमा विकास गरेको उल्लेख गर्दै उनले आगामी दिनमा एड्भान्स लेभलको विकास गर्ने प्रतिवद्धता जनाए ।

    भक्तपुरमा खानेपानी, सडक, ढल, स्वास्थ्य, शिक्षा, पर्यटन, धर्म, संस्कृति, परम्परा, कला लगायतका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको दावी गर्दै उनले आगामी दिनमा जनताको माग, चाहना र आवश्यकतालाई ध्यान दिँदै भक्तपुरको विकासलाई आधुनिकतामा रुपान्तरण गर्ने बताए । भक्तपुरको विकासमा एमालेले बोलेको कुरा पुरा गर्नेमात्र नभई बोनस समेत दिने पार्टी भएको उल्लेख गर्दै भक्तपुरमा कांग्रेसले १५ वर्ष नेतृत्व गर्दा गरेको पाँच वटा कामको लिस्ट दिन चुनौति समेत दिए ।

    गठबन्धनले भक्तपुरमा माओवादीलाई टिकट नदिएर अपमान गरेको भन्दै उनले माओवादी तथा नेकपा एकीकृत समाजवादी पार्टीले एमालेमा मतदान गर्नुपर्नेमा जोड दिए । मध्यपुर नगरपालिबाट कांग्रेसले समेत आफ्नो पार्टीबाट टिकट नदिएको उल्लेख गर्दै आगामी मंसिर ४ गते हुने निर्वाचनमा रुख हेरेर नभई मुख हेरेर एमालेलाई भाोट दिनुपर्ने बताए । कांग्रेसले भक्तपुरको विकास र समृद्धिलाई रोक्ने कार्य गरिरहेको उल्लेख गर्दै उनले हनुमन्ते करिडोर, क्यान्सर सेन्टरलगायतका धेरै योजनाहरुलाई अवरोध गरी निर्माण गर्न नदिएको स्पष्ट पारे। उनले भने, ‘कांग्रेसले आफु पनि विकास गर्दैन र अरुलाई गर्न पनि दिँदैन । काँक्रा चोरेर आफुले खान्छ अनि वियाँ चाही अर्काको मुखमा लगेर टासिदिन्छ र काँक्रा यसले चोरेको हो भन्छ ।’

    प्रतिकृया दिनुहोस्

    खसीबोका चोरेर मासु बेच्ने गिरोह भक्तपुरमा समातियो

    भक्तपुरका विभिन्न ठाउँबाट घरको गोठमा बाँधिएका खसीबोका चोरीएको गुनासोले गर्दा सक्रिय प्रहरीले चोरीमा संलग्न दुई...

    प्रधानमन्त्री प्रचण्ड शनिवार सूर्यविनायक आउने

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भक्तपुर आउने भएका छन् । शनिवार दिउँसो उनी भक्तपुरको सूर्यविनायक आउने...

    गृहमा रविले नसकेको रेकर्ड राख्न श्रेष्ठ सफल : पहिलो निर्णयले नै जोगियो देशको दैनिक पाँच लाख

    गृह मन्त्रालय सम्हाल्न पुगेका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सुराकीको नाममा गृहमन्त्री र गृहसचिवले खर्च गर्न पाउने...

    अरनिको हाइवेस्थित पलासेमा मोटरसाइकल दुर्घटना हुँदा चालकको निधन

    भक्तपुरको अरनिको हाइवेस्थित सूर्यविनायक ९ पलासेचोकमा सवारी दुर्घटना हुँदा एक मोटरसाइकल चालकको ज्यान गएको छ...

    भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द

    सरकारले भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द गरेको छ । दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का...