News Portal

  • नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेल आज

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३० कार्तिक २०७९
    ३६९ पटक
     भक्तपुर, ३० कार्तिक २०७९

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र पाकिस्तानबीचको फिफा मैत्रीपूर्ण खेल आज आयोजना हुँदैछ। खेल साँझा ५ बजे सुरु हुनेछ ।

    नेपालका लागि पाकिस्तान सधै कठिन प्रतिद्धन्द्धी हो । पाकिस्तानविरुद्ध नेपालले जित निकाल्न नसकेको १४ वर्ष बितिसकेको छ । तीन वर्ष फिफा निलम्बनमा रहेको पाकिस्तान नेपालबिरुद्द आठबर्षपछी खेल्न लागेको हो ।

    नेपालले पछिल्लो पटक सन् २००८ जुन ७ साफ च्याम्पियनपसपमा पाकिस्तानमाथि ४-१ को जित निकालेको थियो । त्यसयता नेपाल र पाकिस्तानबीच पाँच खेल भएको छ । पाँच मध्ये तीन खेल पाकिस्तानले जितेको छ भने दुई खेल बराबरी भएको थियो ।

    नेपालले गत महिना दशरथ रंगशालामै बंगलदेशविरुद्ध अन्तर्राष्टिय मैत्रीपूर्ण खेल खेलेको थियो । अञ्जन विष्टको ह्याट्रिकप्रेरित नेपालले सो खेल ३/१ ले जितेको थियो ।

    सोही टोलीका अधिकांश खेलाडीलाई समावेश गर्दै कार्यवहाक प्रशिक्षक प्रवेश कटुवालले पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय टोलीको घोषणा गरेका थिए ।

    पाकिस्तानविरुद्ध नियमित कप्तान तथा गोलकिपर किरण चेम्जोङ टोलीमा छैनन । उनको अनुपस्थितीमा रोहित चन्दले नेपाली टोलीको कप्तानी सम्हाल्नेछन् । गोलकिपर किरणको अनुपस्थितीमा विशाल श्रेष्ठले नेपाली गोलपोस्टको जिम्मेवारी सम्हाल्ने सम्भावना रहेको छ ।

    बंगलादेशविरुद्धको खेलमा ह्याट्रिक पूरा गरेसँगै आफ्नो अन्तर्राष्ट्रिय गोलसंख्या १० पुर्याएका अञ्जनका लागि सो गोल संख्या बढाउने यो सुनौलो अवसर हो । हरी खड्का र निराजन रायमाझीको नाममा १३ गोलको कीर्तिमान रहेको छ ।

    दशरथ रंगशालामा नेपाली पुरुष टोलीले खेल्न लागेको यो पचासौ अन्तराष्ट्रिय खेल हो । नेपालले २०४४ सालमा दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत दशरथ रंगशालामा माल्दिभ्सविरुद्ध पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको थियो ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...