News Portal

  • प्रमुख प्रशासकीय अधिकृत खतिवडा उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ३० कार्तिक २०७९
    ७७१ पटक
    भक्तपुर, ३० कार्तिक २०७९

    जिल्ला प्रशासन कार्यालय भक्तपुरको प्रशासकीय अधिकृत उर्मिला खतिवडा महिनाको उत्कृष्ट कर्मचारी छनौट भएका छन् । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको कर्मचारी वैठकमा उनी आश्विन महिनाको उत्कृष्ट कर्मचारीको रुपमा छनौट र सम्मानित भएका हुन् ।

    कर्मचारीलाई उत्पेरित गर्न मापदण्ड बनाइ कर्मचारीको मूल्यांकन गर्ने गरिएको जानकारी दिदै जिप्रकाको सूचना अधिकारी एवं सहायक प्रजिअ माधवप्रसाद शर्माले आश्विन महिनामा उत्कृष्ट कार्यसम्पादन गरेवापत खतिवडा सम्मानित भएको बताए । प्रजिअ शर्माले कर्मचारीलाई सेवाग्राहीप्रति उत्तरदायी र कामप्रति जवाफदेही बनाउन यसले सकारात्मक वातावरण बनाउने विश्वास ब्यक्त गर्दै यस्ता अभ्यासलाई निरन्तर दिदै जाने बताइन् ।

    सम्मानित हुने प्रमुख प्रशासकीय अधिकृत खतिवडा सूर्यविनायक – ५ कटुन्जे नयाँ बस्ती निवासी कर्मचारी हुन् । यस अघि उनले सोलुखुम्बुमा सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पनि सफलतापूर्वक निभाएका छन् । जिप्रकाको सेवाप्रकृया बारे पूर्ण जानकार  र सेवाग्राही मैत्री ब्यवहारका कारण उनी लोकप्रिय समेत रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...