News Portal

  • सिन्धुपाल्चोक-१ का मतदाताद्वारा गठबन्धनका उम्मेदवारलाई भक्तपुरमा भब्य स्वागत

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ३० कार्तिक २०७९
    ४६६ पटक
    saral sahayatriभक्तपुर, ३० कार्तिक २०७९

    सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार माधव सापकोटा सुबोध र उक्त क्षेत्रको प्रदेश सभा २ का उम्मेदवार सरल सहयात्री पौडेललाई भक्तपुरमा भब्य स्वागत भएको छ । बाम लोकतान्त्रिक गठबन्धनका युवा उम्मेदवारको रुपमा देशव्यापी चर्चामा रहेका सापकोटा र पौडेललाई सो क्षेत्रका मतदाता रहेका उपत्यकाबासीले भक्तपुरमा भब्य स्वागत गरेका हुन् ।

    बुधवार गठ्ठाघरस्थित एक सभाहलमा खचाखच भरिएका मतदाताले उनीहरुलाई आँखामा आश र मनमा बिश्वास लिएर उत्साहपूर्वक हेरिरहेका देखिन्थे । बस्ने कुर्सी नपाएपनि उनीहरुले उम्मेदवारका एजेन्डा र प्रतिवद्धता उठेरै गम्भीरतापूर्वक सुनिरहेका दृश्य लोभलाग्दो देखिन्थ्यो । मतदाताहरुले आफ्नो क्षेत्रले योग्य उम्मेदवार पाएकाले जित्ने र गाउँको बिकास गर्ने विश्वास ब्यक्त गर्दै शुभकामना समेत दिए ।

    उक्त अवसरमा उपत्यकाका मतदातालाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका नेकपा(माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य माधव सापकोटा सुबोधले जित सुनिश्चित रहेकाले उत्साहका साथ् मतदानमा सहभागी हुन् प्रेरित गरेका थिए । आफू माओवादी केन्द्र निर्वाचनमा सहभागी भएदेखि नै सिन्धुमा निर्वाचन परिचालन समितिको प्रमुख भएको स्मरण गर्दै उम्मेदवार सापकोटाले आफू अनविज्ञ उम्मेदवार नभएकोले उच्च मनोबलका साथ् मतदानमा सामेल हुन आग्रह गरेका हुन् ।

    सापकोटाले सिन्धुलाई बिभिन्न प्राकृतिक प्रकोपबाट कसरी बचाउने भन्ने विषयमा उपाय तथा साधन श्रोतको पहिचान र नीति आफूसंग रहेको त्यसैगरी तातोपानी नाकाको समस्यालाई दीर्घकालीन रुपमै समाधान गर्न आफू सक्षम उम्मेदवार रहेको लगायत दावी गर्दै सिन्धुका अत्यावश्यक आवश्यकता पूरा गर्ने दायित्व बहन गर्ने बताएका थिए । उनले निर्वाचन नेता बन्ने अवसर पनि भएको भन्दै आफ्नो बलबुताले भ्याएसम्म मत बचाउने र बढाउने काममा कार्यकर्ताहरु खटिनपर्नेमा जोड समेत दिए ।

    कार्यक्रममा निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा २ का उम्मेदवार सरल सहयात्री पौडेलले गाउँघरमा बृद्ध बुवाआमा मात्र घरमा बस्नुपर्ने बाध्यताले आफूलाई घोचेको बताउदै युवालाई विदेश जान र शहर पस्न पर्ने बाध्यता रोक्न दीर्घकालीन योजना बनाएको दावी गरे । गाउँघरमै बिभिन्न रोजगारीको अवसर सिर्जना गर्दै सपरिवार गाउँमै बस्ने वातावरण बनाउने र त्यो क्रमश गर्दै जादा सम्भव हुने उनको भनाइ छ ।

    नेकपा (माओवादी केन्द्र) को बागमती प्रदेश अध्यक्ष समेत रहेका प्रदेश सभा उम्मेदवार पौडेलले आफू भौतिक बिकाश निर्माणमा जोडिने मात्र नभई आफ्नो क्षेत्रमा राम्रो स्वास्थ्य उपचारको व्यवस्था गर्न र शिक्षाको स्तर उन्नती गर्दै प्राविधिक र गरिखाने शिक्षाको बिकासमा योजनावद्धरुपले लाग्ने बताए ।

    उनले आफू क्रान्तिकारी बाटो तय गर्दै समाज र देशको समृद्धिका लागि राजनीतिमा सक्रिय रहेको स्मरण गराउनुका साथै आफू संग केही राम्रो गर्छु भन्ने दृढ इच्छाशक्ति भएकाले मतदाताले अत्याधिक मत दिई जिताउने बिश्वास व्यक्त गरे ।

    उक्त अवसरमा बाम लोकतान्त्रिक गठबन्धनका नेताहरुले आफना उम्मेदवारले दोब्बर मतान्तरले निर्वाचन जित्ने दावी गर्दै जितिहालिन्छ भनेर कार्यकर्ता हाइसन्चो मानेर  बसेमा त्यो प्रत्युत्पादक बन्न सक्ने बताएका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...