News Portal

  • गाेरखामा मौन अवधी अघि मतदातालाई भेट्दै उमेद्वार

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १ मंसिर २०७९
    ४०३ पटक
    भक्तपुर, १ मंसिर २०७९

    मौन अवधी सुरु हुन केही घण्टा मात्र बाँकी रहदा गोरखामा दलहरुले मतदातालाई भेटन घरदैलो अभियानलाई तिव्रता दिएको छ । दलहरुले समुह समुह बनाएर उमेद्वारलाई मतदाता भेटघाट गर्न तिव्रता दिएको हो ।

    गोरखा बजारमा बाम–लोकतान्त्रिक गठबन्धन गोरखा क्षेत्र नम्बर १ का उमेद्वारहरुले गोरखा नगरपालिकाको विभन्नि स्थानमा घरदैलो अभियान सञ्चालन गरेका छन् । क्षेत्र नम्बर १ मा पर्ने गोरखा नगरपालिकाको वडा नम्बर ६ स्थित मतदाताहरुले घरघरमा पुगेर आफूलाई मतदान गर्न उमेद्वारहरुले आग्रह गरेका छन् ।

    मतदाताहरुको घरदैलोमा पुगेर बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उमेद्वार रहेका प्रतिनिधिसभाका उमेद्वार राजेन्द्र बजगाई, गोरखा क्षेत्र नम्बर १ प्रदेश सभा (क) का उमेद्वार कृष्ण धिताल सहितको टोली घरदैलो अभियानमा पुगेका हुन् ।

    मौन अबधी सुरु हुन केही घण्टा मात्र बाँकी रहेका बेला गठबन्धनले चुनावी घरदैलो अभियानलाई तिव्र पारेका हुन् । गठबन्धनले समुह समुह निर्माण गरी भोट माग्न टोलटोलमा गठबन्धनका नेता कार्यकर्ता परिचालन गरिरहेको छ ।

    गठबन्धनले गोरखा क्षेत्र नम्बर २ मा पनि घरैदैलो अभियानालाई तिव्र पारेको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरीराज अधिकारीले जानकारी दिए ।

    यस्तै नेकपा एमालेले पनि जिल्लाको दुवै निर्वाचन क्षेत्रमा मतदाता भेटघाट र निर्वाचन अभियानलाई तिव्रता दिएको पार्टी कार्यालयले जानकारी दिएको छ ।

    एमालेले गोरखा क्षेत्र नम्बर १ अन्तरर्गत प्रदेशसभा (क) मा पर्ने नाम्जुङ, क्षेत्र नम्बर १ (ख) आरुपोखरी क्षेत्रमा मतदाता भेटघाट र घरदैलो अभियान सञ्चालन गीरहेको जिल्ला सचिव काजीराम रोक्काले जानकारी दिए ।

    त्यस्तै गरी, प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ अन्तरर्गत पर्ने प्रदेशसभा (क) मा पर्ने गोरखा नगरपालिकाको वडा नम्बर १३ र १४ तथा २ को (ख) मा पर्ने सिरानचोक गाउँपालिकाको हर्मी, बयापानी क्षेत्रमा पनि अभियान सञ्चालन गरिरहेको छ ।

    आज राती १२ बजेदेखि निर्वाचनको मौन अबधी सुरु हुने भएकाले पनि उमेद्वार सहित राजनीतिक दलहरु मतदाता भेटाघाटलाई तिव्रता दिएको हो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...