News Portal

  • भक्तपुरका मतदान केन्द्रमा सबै तयारी पूरा

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ३ मङ्सिर २०७९
    ५५३ पटक
    भक्तपुर, ३ मङ्सिर २०७९

    प्रतिनिधिसभा र प्रदेशसभा सदस्य छनौटका लागि मतादाताले भोलि आइतवार मतदान गर्दैछन ।

    देशभर प्रतिनिधिसभाका २ सय ७५ र प्रदेशसभाका ५ सय ५० सदस्य चयनका लागि १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले मतदानका लागि नाम दर्ता गराएका छन् । भक्तपुरमा २ प्रतिनिधि सभा सदस्य र ४ प्रदेश सभा सदस्य चयनका लागि कूल १ लाख ९४ हजार ४ सय ३९ जना मतदाता रहेका छन् ।

    मतदानका लागि जिल्लामा २ सय २२ वटा मतदान केन्द्र तोकिएका छन् । निर्वाचन क्षेत्र नम्बर १ मा २८ मतदान स्थलमा १ सय १५ मतदान केन्द्र र क्षेत्र नम्बर २ का ३८ मतदान केन्द्रमा १ सय ५ गरी जम्मा २ सय २० मतदान केन्द्र तोकिएका हुन् । कर्मचारीहरुको लागि भक्तपुरमा एउटा छुट्टै अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ जहाँ समानुपातिकतर्फको मात्रै मतदान हुने बताइएको छ । यसको मतदाता संख्या ८ सय ३५ रहेको छ ।

    निर्वाचन गराउन जिल्लामा खटिएका १ हजार ७ सय ७६ कर्मचारी आवश्यक सबै सामग्री लिएर आआफ्नो मतदान केन्द्रमा तयारी अवस्थामा रहेका प्रमुख निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले बताए । उनीहरुले आइतबार विहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म हुने मतदानका लागि लाइन लाग्ने, मतपत्र लिने, मत संकेत गरेर मतपेटिकामा खसाल्नका लागि सहज हुने गरी सबै तयारी पूरा गरिसकेका छन् ।

    ४ वटा मतपत्र छुट्टा छुट्टै मतपेटिकामा खसाल्नुपर्ने व्यवस्थाले मतपत्र दिंदा र खसाल्दा गडबडी नहोस भन्ने उदेश्यले कर्मचारीलाई विशेष सतर्कताको लागि निर्देशन दिइएको उनले बताए । सोही बमोजिम केन्द्रमा कर्मचारीले बुथ व्यवस्थापन गरेका बताइएको छ ।

    भक्तपुरमा १० मतदान केन्द्रलाई अपांगतामैत्री बनाइएको छ भने मेधा मावि मतदान केन्द्रलाई पूर्ण अपाङ्गतामैत्री पारिएको छ । त्यसैगरी बोडे माविमा सबै कर्मचारी महिला राखिएको निर्वाचन अधिकृत लिलानाथ पराजुलीले जनाएका छन् ।

    निर्वाचनलाई भक्तपुरमा भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्न २ हजार २ सय १८ सुरक्षाकर्मी तैनाथ गरिएका छन् । ८ सय ८६ जना म्यादी प्रहरीसहित जिल्लामा २ हजार २ सय १८ जना सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जनाएकी हुन् । उनले निर्धक्क भएर उत्साहपूर्वक मताधिकार प्रयोग गर्न अपिल पनि गरेकी छन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...