News Portal

  • भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा खस्यो ७१.७२ प्रतिसत मत

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ४ मङ्सिर २०७९
    ७४१ पटक
    भक्तपुर, ४ मङ्सिर २०७९

    भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा ७१.७२ प्रतिसत मत खसेको छ । आइतवार सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा ७१.७२ प्रतिसत मत खसेको हो ।

    ९१ हजार ९ सय ११ मतदाता रहेका यस क्षेत्रमा आज आइतवार सम्पन्न निर्वाचनमा ६५ हजार ९ सय १९ मत खसेको हो । यहाँ महिला मतदाता पुरुष भन्दा करिब ३ हजार बढी रहेका भए पनि उनीहरुले पुरुषलाई करिब २ सय मतले मात्र उछिन्न सकेका छन् ।

    २ प्रदेश क्षेत्र रहेको यस निर्वाचन क्षेत्रमा सूर्यविनायक र मध्यपुर थिमी नगरपालिका पर्दछन । १ सय ५ मतदान केन्द्र रहेको निर्वाचन क्षेत्र नम्बर २ मा सूर्यविनायकस्थित वडा नम्बर ७ गुन्डु मतदान केन्द्रमा सबैभन्दा बढी मतदान भएको छ । यहाँ ७९ प्रतिसत मत खसेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भिमबहादुर बिसीले बताए । उनका अनुसार सबैभन्दा कम मध्यपुर थिमी नगरपालिका परिसर केन्द्रमा ६५ प्रतिसत मात्र मत खसेको बताइएको छ ।

    दुवै क्षेत्र गरी १ लाख ९४ हजार ४ सय ३९ मतदाता रहेकामा कूल १ लाख ३९ हजार ९ सय ३८ मत खसेको छ । जम्मा खसेको मत प्रतिसत ७२ हो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...