News Portal

  • कतार विश्वकपमा आज तीन खेल हुँदै

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ५ मंसिर २०७९
    ४७४ पटक
     भक्तपुर, ५ मंसिर २०७९

    सोमबार कतार फिफा विश्वकपमा तीन खेलहरु हुँदैछन् । पहिलो खेलमा इङ्ल्यान्ड र इरानबीच प्रतिस्पर्धा हुँदैछ । यस खेल खलिफा अन्तर्राष्ट्रिय मैदानमा नेपाली समय अनुसार साझ पौने सातबजे सुरु हुनेछ । युरोपेली राष्ट्र इङ्ल्यान्ड फिफा बरियतामा पाँचौ स्थानमा छ । एसियाली मुलुक इरान २०औ स्थानमा छ ।

    हालसम्म इङ्ल्यान्ड एसियाली मुलुकविरुद्ध एक पटक प्रतिस्पर्धा गरेको छ । आजको खेलसँगै इङ्ल्यान्डले दोस्रो एसियाली मुलुकसँग भेट्नेछ । आजको खेलमा जित निकाल्दै समूह बी को खेलमा इङ्ल्यान्ड महत्वपूर्ण तीन अंक जोड्ने योजनामा छ । इरान भने खेल बराबरी गर्ने रणनीतिमा छ ।

    आजको दोस्रो खेलमा सेनेगल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार पौने दश बजे अल थुमामा मैदानमा हुनेछ । सेनेगल फिफा वरियतामा १८औं स्थानमा रहँदा नेदरल्यान्ड्स आठौं स्थानमा छ । सेनेगल आफ्ना प्रभावशाली अट्याकर साडिओ मानेबिना मैदान उत्रने पक्का छ । माने घाइते छन् ।

    यता, नेदरल्यान्ड्स भने आफ्नो अपराजित यात्रा १५ खेलबाट बढाउन चाहन्छ । लुइस भान गालको नेतृत्वमा रहेको नेदरल्यान्ड्स मानेको अभावमा फाइदा उठाउँने योजनामा छ । स्ट्राइकर मेम्पिस डिपाएले नेदरल्यानड्सको यात्रामा फिनिसिङ पक्षमा उत्कृष्ट साथ दिनेछन् । समूह ए को पहिलो खेलमा इक्वेडरले आयोजक कतारलाई २–० अन्तरले पराजित गर्दै बलियो सुरुवात गरिसकेको छ ।

    विश्वकपको आजको अन्तिम खेल भने अमेरिका र युरोपेली राष्ट्र वेल्सबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार राति पौने १ बजे अहमेद विन अलि मैदानमा हुने तालिका छ । वेल्स फिफा वरियतामा १९औं स्थानमा रहँदा अमेरिका १६औं स्थानमा छ । समूह बी को खेलमा दुबै टोली विजयी हुँदै सुखद् सुरुवात गर्न चाहन्छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...