News Portal

  • भक्तपुर निर्वाचन क्षेत्र नं. २ मा दुर्लभ थापाको अग्रता

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर ५ मंसिर २०७९
    ११५३ पटक
    durlav-thapa-bhaktapur.jpgभक्तपुर ५ मंसिर २०७९

    भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनका उम्मेदवार दुर्लभ थापाले अग्रता कायमै राखेका छन् । हाल गणना गरेको दश हजार ४ सय ३६ मतमा थापाले ४ सय ३५ मतले अग्रता हासिल गरेका हुन् ।

    हालसम्म गणना गरेको मतमा दुर्लभ थापाको मत ४ हजार १ सय १९ रहेको छ भने एमाले उम्मेदवार महेश बस्नेतको ३ हजार ६ सय ८४ रहेको छ । यस क्षेत्रमा ६५ हजार ९ सय १९ मत खसेको छ । तेस्रो स्थानमा नेमकिपाकी अनुराधाले ८ सय ६९ र चौथोमा रवी लामिछानेका स्वतन्त्र पार्टीका उम्मेदवार साजन बिक ७ सय ३५ रहेका छन् ।

    भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को मतगणना मध्यपुर थिमी स्थित बोडेमा रहेको कृषि विकाश बैंकको तालिम हलमा भई रहेको छ । १ सय ५ मतदान केन्द्र रहेको यो क्षेत्रका १६ मतदान केन्द्रको मतपरिणाम सार्वजनिक भएको हो ।

    अपडेट : भक्तपुर क्षेत्र नं. २ को २० हजार ३ सय ९३ मत गणना हुँदा गठबन्धनका उम्मेदवार दुर्लभ थापाले ९ सय १६ मतले अग्रता बढाएका छन् । हरेक पटक मत परिणाम सार्वजनिक हुँदा अग्रता कायम राखेका थापाले एमाले उम्मेदवार महेश बस्नेतलाई अग्रताको अवसर दिएका छैनन् ।

    निर्वाचन अधिकृत लोकनाथ पराजुलीका अनुसार थापाले ८ हजार १ सय २५ मत प्राप्त गर्दा महेश बस्नेतले ७ हजार २ सय ९ मतका साथ पछ्याई रहेका छन् ।

    हालसम्म नेपाल मजदुर किसान पार्टीकी अनुराधा थापा मगर तेस्रो स्थानमा छिन । उनले १ हजार ५ सय ६ मत पाएकी छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले १ हजार ४ सय ७७ मतका साथ चौंथो स्थानमा रहेका छन ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...