News Portal

  • ब्रेक फेल भएर बस दुर्घटना; यात्रुहरु भागाभाग, २ सामान्य घाइते

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ६ मंसिर २०७९
    ३१८ पटक
     भक्तपुर, ६ मंसिर २०७९

    गोरखा सदरमुकामको हरमटारीबाट खोलखोले तर्फ जाँदै गरेको बस दुर्घटना भएको छ । ना ६ ख ८९९८ बस ब्रेक फेल भएर हरमटारी स्थित कृषि बिकास बैंक अगाडी दुर्घटनामा परेको हो ।

    बसको अगाडीको ब्रेक फेल भएपछि अगाडी रहेका माईक्रो लगायतलाई क्षति हुन नदिन कृषि बिकास बैंक अगाडीको एक घरमा बसलाई लगेर ठोक्काएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

    सदरमुकामबाट अन्य मुख्य शहर छुट्ने ठाउँ परेकाले बस कुरेर बसी रहेका दुई दर्जनभन्दा बढी यात्रुहरु भागेर ज्यान जोगाएका छन् । दुर्घटनामा २ जना सामान्य घाइते भएका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    नेपाल प्रज्ञा-प्रतिष्ठानमा “दसैं र माेहनीबीच भेद र समानता” विषयक कार्यपत्र प्रस्तुत

    नेपाल प्रज्ञा-प्रतिष्ठानमा “दसैं र माेहनीबीच भेद र समानता” विषयमा कार्यपत्र प्रस्तुत गरिएको छ । संस्कृतिविद्...

    सांसद दुर्लभ थापाले दिए बाढी पहिरो पिडितलाई राहत सामाग्री

    rahat bitaran

    प्रतिनिधि सभा सदस्य दुर्लभ थापा क्षेत्रीले बाढी-पहिरो पिडितलाई राहत सामाग्री उपलब्ध गराएका छन् । उनले...

    भक्तपुरका चार वरिष्ठ अधिवक्ता सम्मानित

    वरिष्ठ अधिवक्तामा पदोन्नति भएका भक्तपुरका चार अधिवक्ता सम्मानित भएका छन् । मङ्गलवार प्रेस सोसाइटी नेपालले...

    अभियन्ता एवं सञ्चारकर्मी पुण्य गौतममाथि रड प्रहार

    सामाजिक अभियन्ता एवं सञ्चारकर्मी पुण्य गौतममाथि रड प्रहार भएको छ । सोमबार राति अज्ञात समुहले...

    भक्तपुरमा दशैँ मनाउन नयाँ साईत

    बडादशैँमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निकोलेका साईतप्रति अससहमति जनाउँदै भक्तपुर नगर भित्र नयाँ तालिका...