News Portal

  • श्रेष्ठ बने भक्तपुरको पहिलो निर्वाचित उम्मेदवार

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ७ मङ्सिर २०७९
    ६८९ पटक
    भक्तपुर, ७ मङ्सिर २०७९

    भक्तपुर क्षेत्र नं १ को प्रदेश सभा १ मा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार रहेका नेपाली कांग्रेसका सुरेश श्रेष्ठ निर्वाचित भएका छन् । १ हजार २ सय २२ मतान्तरले उनले बिजय हासिल गरेका हुन् । प्रतिनिधि सभामा २ र प्रदेश सभामा ४ क्षेत्र रहेको भक्तपुरमा श्रेष्ठले पहिलो जीत दर्ज गराएका छन् ।

    ९ हजार ४ सय २३ मत प्राप्त गरी उनी निर्वाचित भएका मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकट्तम प्रतिष्पर्धी नेकपा एमालेका मोहनवीर श्रेष्ठले ८ हजार २ सय १ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले बताए ।

    यस प्रदेशमा नेपाल मजदुर किसान पार्टीका मिनबहादुर बाटाले ८०१४ र राप्रपाका राजु कुइँकेलले ५ हजार ९ सय ४५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत बास्तोलाले बताएका छन् ।

    बिजय भएपछि नेपाली कांग्रेसले बिजय र्याली समेत निकालेको छ । भक्तपुरबाट निर्वाचित घोषणा हुने श्रेष्ठ पहिलो उम्मेदवार बनेका छन् । सामाजिक संजालमा उनलाई बधाईको ओइरो आइरहेको देख्न सकिन्छ ।
    थप मतपरिणाम यस प्रकार रहेको छ ।
    श्री भत्त काशिछवा(५३ )
    स्वतन्त्र
    ११२८
    यन्द्र बास्तोला(३९ )
     हाम्रो नेपाली पार्टी
    ६१६
    ऋषि राम लामिछाने(५७ )
     नेपाल आमा पार्टी(एकल चुनाव चिन्ह)
    १६८
    रवि मान शाक्य(४२ )
     स्वतन्त्र
    १६३
    रमेश कुश्वार(४५ )
     आमूल परिवर्तन मसिहा पार्टी नेपाल
    १२६
    निरु न्यौपाने(३८ )
     मौलिक जरोकिलो पार्टी
    ८२
    कल्पना सुनुवार (३२ )
     जनता समाजवादी पार्टी, नेपाल
    ५८
    प्रकाश दाहाल(४० )
     स्वतन्त्र
    ५२
    राजु पुरी(३८ )
     स्वतन्त्र
    १८
    राम कुमार खत्री(३७ )
     स्वतन्त्र
    १७
    राम चन्द्र बासी(५३ )
     स्वतन्त्र
    १४
    कृष्ण बहादुर थापा(६३ )
     स्वतन्त्र
    दश राम श्रेष्ठ(३८ )
     स्वतन्त्र
    राम हरि श्रेष्ठ (बाखु)(४० )
     स्वतन्त्र
    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...