News Portal

  • दोब्बर बढी मतान्तरले प्रचण्ड बिजयी

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ८ मङ्सिर २०७९
    ३१५ पटक
    भक्तपुर, ८ मङ्सिर २०७९

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट विजयी बनेका छन्।

    अन्तिम मतपरिणाम अनुसार प्रचण्ड २६ हजार १ सय १ मतसहित विजयी भएका हुन्।

    प्रचण्डका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३६ मत प्राप्त गरेका छन्।

    नेकपा एमालेका अब्दुस मियाले ७ हजार ३१२ मत प्राप्त गरि तेस्रो भएका छन् ।

    गोरखा प्रतिनिधिसभा क्षेत्र नं. १ मा पनि वाम-लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार राजेन्द्र बजगाई विजयी भएका छन् । नेपाली कांग्रेसका बजगाइले प्रतिद्वन्दीभन्दा दोब्बर मतले जितेका हुन् । बजगाईले ३३ हजार ४ सय २८ मत प्राप्त गरेका छन् ।

    उनका निकटतम प्रतिद्वन्दी बस्नेतले भने १६ हजार ७ सय ८५ मत प्राप्त गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर नगरव्यापी खेलकुद प्रतियोगिता सम्पन्न, २ हजार ८ सय ४६ जना विद्यार्थी सहभागी

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद सम्पन्न भएको छ । ६ दिन देखि जारी प्रतियोगिता बुधबार पुरस्कार...

    साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल छैटौं पटक पनि उपबिजेता

    फाइनलमा नेपाललाई पराजित गर्दै बंगलादेशले साफ महिला च्याम्पियनसिप–२०२४ को उपाधि हात पारेको छ । बंगलादेश...

    सरस्वती माविले उचाल्यो देउसी भैलो रनिङ्ग शिल्ड, महेन्द्र विद्याश्रम दोश्रो र एड्भान्स तेस्रो

    भक्तपुर जिल्लाब्यापी विद्यालयस्तरीय देउसी भैलो रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी सरस्वती माविले उचालेको छ । गत...

    नरबहादुर कर्माचार्यको जन्मशताब्दी आरम्भ, अपराह्न प्रज्ञामा बैचारिक कार्यक्रम

    नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको जन्मशताब्दी समारोह शुरु गरिएको छ । नेकपा नेकपा...

    विद्यार्थीहरु विदेशिने प्रवृत्ति बढेकोप्रति राष्ट्रपति पौडेल चिन्तित

    राष्ट्रपति रामचन्द्र पौडेलले कक्षा १२ सक्ने बित्तिकै विद्यार्थीहरु विदेशिने प्रवृत्ति बढेकोभन्दै चिन्ता व्यक्त गरेका छन्...