News Portal

  • एमाले महासचिव पराजित, शर्मा विजयी

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ८ मंसिर २०७९
    ३५८ पटक
     भक्तपुर, ८ मंसिर २०७९

    माओवादी केन्द्रकी स्थायी कमिटि सदस्य रोखा शर्माद्वारा नेकपा एमालेका महासचिव शंकर पोखरेल पराजित भएका छन् । दाङ क्षेत्र नम्बर २ मा पोख्रेललाई करिब १ सय ९७ मतअन्तरले रेखाले पराजित गरेकी हुन् ।

    रेखाले २६ हजार ८ सय ७७ मतका साथ विजयी बनेकी हुन् । प्रतिद्दन्द्दी एमाले महासचिव पोखरेलले २६ हजार ६ सय ८० मत ल्याएका थिए ।

    औपचारिक रुपमा मत परिणाम सार्वजनिक हुन भने बाँकी छ ।

    निर्वाचनमा रेखाको यो पहिलो प्रत्यक्ष प्रतिस्पर्धा हो । शंकर भने २०५१ को चुनावमा जितेपछि त्यसयता प्रतिनिधिसभामा आउन सकेका छैनन । उनले ०७४ को चुनावमा प्रदेश सभामा जितेर लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका थिए । तर उनलाई संघीय संसदको चुनाव भने फाप्न सकिरहेको छैन ।

    प्रतिकृया दिनुहोस्

    चिनियाँ सरकार र चिनियाँ जनतालाई असल र भरपर्दो मित्र मानेका छौं : नगर प्रमुख प्रजापति

    नाँचगानको राजधानी, साँस्कृतिक नगर र जीवित सङ्ग्रहालयको उपमा पाएको भक्तपुर नगरपालिकाको यस दरबार क्षेत्रमा नेपाल...

    नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल हो : राजदूत छन सङ

    नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल भएको बताएका छन् । यहाँका...

    समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिव नै एमाले प्रवेश, भक्तपुरबाट भने कोही गएनन्

    नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदी बिमसु नै एमाले निकट प्रेस चौतारीमा...

    शनिबार भक्तपुरको सूर्यमढीमा नि:शुल्क दन्त शिविर संचालन हुने

    नेकपा(माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालको भक्तपुर नगर समितिले नि:शुल्क दन्त शिविर...

    पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष विष्टलाई पितृशोक

    नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवं सार्वजनिक प्रसारण सेवा नेपालका अध्यक्ष डा. महेन्द्र विष्टलाई पितृशोक...