News Portal

  • तनहुँ १ मा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ८ मंसिर २०७९
    ३२२ पटक
     भक्तपुर, ८ मंसिर २०७९

    तनहुँ १ मा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएका छन् । पौडेलले २५ हजार ३ सय १३ मत पाएर जित हात पारेका हुन् ।

    उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका एकबहादुर राना १९ हजार ९ सौ २५ मत पाएका छन् । यी दुईजनाबीचको मतान्तर ५ हजार ३ सय ८८ रहेको छ । आयोगले केहीबेरमा आधिकारिकरूपमा परिणाम सार्वजनिक गर्ने तयारी गरेको छ ।

    कांग्रेसका पूर्व नेता गोविन्दराज जोशीले ६ हजार ८ सय ७७ मत प्राप्त गरेका छन् ।

    ०७४ सालको चुनावमा पौडेल सोही क्षेत्रमा तत्कालिन एमाले उम्मेदवार किसन श्रेष्ठसँग पराजित हुन पुगेका थिए । श्रेष्ठ अहिले एकीकृत समाजवादीमा छन् । श्रेष्ठले उक्त क्षेत्र छोडेर पौडेललाई सहयोग गदैं बारा ४ गएपछि पौडेललाई त्यहाँ जित निकाल्न सहज भएको हो । श्रेष्ठले पनि बारा ४ बाट चुनाव जितिसकेका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर नगरव्यापी खेलकुद प्रतियोगिता सम्पन्न, २ हजार ८ सय ४६ जना विद्यार्थी सहभागी

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद सम्पन्न भएको छ । ६ दिन देखि जारी प्रतियोगिता बुधबार पुरस्कार...

    साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल छैटौं पटक पनि उपबिजेता

    फाइनलमा नेपाललाई पराजित गर्दै बंगलादेशले साफ महिला च्याम्पियनसिप–२०२४ को उपाधि हात पारेको छ । बंगलादेश...

    सरस्वती माविले उचाल्यो देउसी भैलो रनिङ्ग शिल्ड, महेन्द्र विद्याश्रम दोश्रो र एड्भान्स तेस्रो

    भक्तपुर जिल्लाब्यापी विद्यालयस्तरीय देउसी भैलो रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी सरस्वती माविले उचालेको छ । गत...

    नरबहादुर कर्माचार्यको जन्मशताब्दी आरम्भ, अपराह्न प्रज्ञामा बैचारिक कार्यक्रम

    नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको जन्मशताब्दी समारोह शुरु गरिएको छ । नेकपा नेकपा...

    विद्यार्थीहरु विदेशिने प्रवृत्ति बढेकोप्रति राष्ट्रपति पौडेल चिन्तित

    राष्ट्रपति रामचन्द्र पौडेलले कक्षा १२ सक्ने बित्तिकै विद्यार्थीहरु विदेशिने प्रवृत्ति बढेकोभन्दै चिन्ता व्यक्त गरेका छन्...