News Portal

  • भक्तपुरमा नेमकिपा बन्यो पहिलो दल

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ११ मङ्सिर २०७९
    ४५२ पटक
     भक्तपुर, ११ मङ्सिर २०७९

    भक्तपुरमा हालै मात्र सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समानुपातिक तर्फ नेपाल मजदुर किसान पार्टी (नेमकिपा) पहिलो दल बन्न सफल भएको छ । पार्टीले प्राप्त गरेको मतको आधारमा नेकपा एमाले दोस्रो ठूलो दल,नेपाली कांग्रेस तेस्रो र नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौंथो ठूलो दल बनेको छ ।

    प्रतिनिधि सभाका दुई वटा निर्वाचन क्षेत्र रहेको भक्तपुरमा नेमकिपाले १ नं. क्षेत्रबाट ३२ हजार ९सय ४ र २ नंम्वर क्षेत्र बाट ७ हजार ८ सय ६३ मत प्राप्त गर्दै कुल ४० हजार ७६७ मतका साथ पहिलो दल बनेको हो । नेमकिपाले क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्य र प्रदेश सभा १ (२)को सदस्यमा विजय हासिल गरेको थियो ।

    यस्तै प्रदेश सभामा एक सदस्य मात्र जितेको नेकपा एमालेले समानुपातिक तर्फ २६ हजार ७० मत प्राप्त गरी जिल्लामा दोस्रो ठूलो दल बनेको छ । एमालेले क्षेत्र नं. १ बाट ८ हजार १ सय ९४ र क्षेत्र नं. २ बाट १७ हजार ८ सय ७६ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भिमबहादुर बिसीले बताए ।

    त्यसैगरी नेपाली कांग्रेसले २३ हजार ७ सय ६९ र रास्वपाले २३ हजार ६ मत ल्याई क्रमशः तेस्रो र चौंथो दल बनेको छ । कांग्रेसले क्षेत्र नं. १ बाट ८ हजार ८ सय ७५ र क्षेत्र नं. २ बाट १४ हजार ८ सय ९४ मत प्राप्त गरेको बिसीले जानकारी दिए । रास्वपाले क्षेत्र नं. १ बाट ११ हजार १ सय १० र क्षेत्र नं. २ बाट ११ हजार ८ सय ९६ मत प्राप्त गरेको छ ।

    यस्तै राप्रपा ११ हजार ३ सय ९२ मतका साथ पाँचौं ठूलो दल बने । उसले क्षेत्र नं. १ बाट ५ हजार ९ सय ३ र क्षेत्र नं. २ बाट ५ हजार ४ सय ८९ मत प्राप्त गरेको छ । नेकपा माओवादी केन्द्रले क्षेत्र नं. १ बाट एक हजार ३ सय ६७ र क्षेत्र नं. २ बाट ५ हजार ४ सय ८९ सहित कुल ४ हजार ९८ मत प्राप्त गरी छैंटौं दल बनेको छ भने नेकपा एकिकृत समाजवादीले कुल २ हजार १ सय ५२ मत प्राप्त गरे ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...