News Portal

  • जिल्ला अस्पताल घोषणा भएको ५ वर्ष पछि अप्रेशन सेवा सुरु

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ११ मङ्सिर २०७९
    ४६३ पटक
     भक्तपुर, ११ मङ्सिर २०७९

    रुकुमपूर्वको स्वास्थ्य चौकीलाई जिल्ला अस्पताल घोषणा गरेको पाँच वर्षपछि अप्रेशन सेवा सुरु गरेको छ । शनिबार अस्पतालमा सुत्केरी हुने समय नाघेको र नर्मल डेलिभरी हुन नसकेका एक गर्भवती महिलाको पहिलो पटक अप्रेशन गरेको हो ।

    अस्पताल मा पहिलो पटक अप्रेशन गरी बच्चा जन्माउँने रुकुमपूर्व भूमे गाउँपालिका –८, का सन्तु बुढा रहेका छन् । उनको अप्रेशन डा. नारायण बरालको टिमले सफलतापुर्वक गरेकको जिल्ला अस्पतालले जनाएको छ । अस्पतालका डा. पूर्णबहादुर पुनका अनुसार यो अस्पतालको पहिलो अप्रेशन हो ।

    नर्मल डेलिभरी गर्न औषधीले समेत काम नगरेपछि अप्रेशन गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सपना बिकको भनाइ छ । उनका अनुसार अहिले आमाबच्चा दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

    नेपालको संविधानअनुसार रुकुमपूर्व छुट्टै जिल्ला घोषणा भएपछि २०७४ पुस ७ गते रुकुमकोटमा रहेको स्वास्थ्य चौकीलाई जिल्ला अस्पताल घोषणा गरिएको थियो । यसको औपचारिक उदघाटन भने २०७६ मङसिर ५ गते गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...