सोमबार बिहान १० बजेर ४५ मिनेटमा धनकुटाको मूलघाट केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज चार रेक्टर स्केलको भूकम्प गएको हो ।
यसअघि शनिबार राति इलामको बिब्ल्याँटे बजार केन्द्रबिन्दु भएर तीन दशमलव सात रेक्टर स्केलको भूकम्प गएको थियो । केही दिन पहिले पश्चिम नेपाल केन्द्रबिन्दु भएर भूकम्प जाँदा छ जनाको मृत्यु भएको थियो भने आठ जना घाइते भएका थिए । रासस