News Portal

  • मोटरसाइकल चोरीमा संलग्न एक पक्राउ

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १२ मंसिर २०७९
    ६८ पटक
    भक्तपुर, १२ मंसिर २०७९

    मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    चोरी भएको चार थान मोटरसाइकलसहित प्रहरीले सुर्खेत भेरीगंगा नगरपालिका-४ घर भई हाल ललितपुर इमाडोल बस्ने २८ वर्षीय भुपेन्द्रबहादुर बुढामगरलाई पक्राउ गरेको हो ।

    काठमाडौं महानगरपालिका–९ एयरपोर्टबाट पक्राउमा परेका भुपेन्द्र भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरमार्केटको पार्किङस्थलबाट एक थान मोटरसाइकलसहित पक्राउ परेका हुन् ।

    उपत्यकाको विभिन्न स्थानमा पार्किङ गरी राखिएका मोटरसाइकल चोरी हुने क्रम बढ्दै गइरहेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    प्रतिकृया दिनुहोस्

    तोरीको उत्पादन बढ्ने भएपछि किसान खुसी

    पूर्वी नवलपरासीमा यस वर्ष नगदे बालीकोे रूपमा रहेको तोरीको उत्पादन बढ्ने भएको छ । यस...

    लामिछानेको धम्कीपूर्ण अभिव्यक्तिप्रति पत्रकार महासंघको कडा शब्दमा निन्दा

    नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण...

    प्रजिअ रिजालको स्वागत

    सुर्खेत जिल्लाबाट भक्तपुरमा सरुवा भई आएका भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको स्वागत गरिएको छ...

    खेल र खेलाडीहरुको क्षमता अभिबृद्धिका लागि राष्ट्रपति रनिङ शिल्ड

    मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाले खेलकुदको विकासलाई प्राथमिकतामा राखेर कार्य गर्दै आइरहेको बताउँदैं...

    अब प्रधानमन्त्री हुने गरी आउने लामिछानेको भनाइ

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अब आगामी निर्वाचनबाट आफू उपप्रधान र गृहमन्त्री...