News Portal

  • विपदबाट बच्न सँधै तयार रहनुपर्छ : प्रमुख प्रजापति

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १५ मंसिर २०७९
    ४३० पटक
    भक्तपुर, १५ मंसिर २०७९

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विपद् जोखिम अप्रत्यासित रुपमा आइपर्ने काबु बाहिरको परिस्थिति भएले यसबाट जोगिनको लागि सदा तत्पर रहनुपर्ने विचार व्यक्त गरेका छन् । नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीहरुको लागि बुधबार आफ्नै सभाहलमा संचालन गरेको २ दिने विपद् व्यवस्थापनसम्बन्धी तालिममा उनले सो विचार व्यक्त गरेका हुन् ।

    प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले कोभिड नियन्त्रण र रोकथामको लागि गरेको व्यवस्थापन उत्कृष्ट भई बागमती प्रदेश मुख्यमन्त्रीको कार्यालयबाट विपद्सेवी पदकबाट सम्मान गरिएको स्मरण गर्दै कोभिडकै समयमा जनताको सहयोगबाट अक्सीजन प्लान्ट स्थापना गर्न सफल भएको तथा नगरबासीहरुले निःशुल्क अक्सीजन प्राप्त गरिरहेको जानकारी दिए ।

    “विपद्बाट भाग्ने होइन यसबाट नयाँ कुरा सिक्नुपर्छ” भन्दै उनले विपद्सम्बन्धी पूर्वतयारी र विपद्बाट जोखिगन सँधै तत्पर रहन बलियो संरचना निर्माण गर्नुपर्ने र नगरस्तरीय विपद् व्यवस्थापन समिति विपद्को समयमा सकृय हुन र विपद्लाई रोकथाम गर्नका लागि तत्पर रहन विपद् व्यवस्थापन तालिम प्रदान गरी जनशक्ति तयार गरिरहेको जानकारी गराए । उनले नगरपालिकाले भूकम्प प्रतिरोधी घरहरु निर्माण गर्न डकर्मी तालिम तथा विपद् व्यवस्थापन तालिम सञ्चालन गरिरहेको समेत बताए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...