मध्यपुर ठिमीमा बिहिबार आफ्नै घरबाट खसेर एक जनाको मृत्यु भएको छ । उपचारकै क्रममा १७ वर्षीय भूमिन लाल श्रेष्ठको मृत्यु भकेको प्र.ना.उ. राज पाण्डेले जानकारी दिएको हो ।
सूचना अधिकारी पाण्डेका साढे चार तल्ले घरको चौथो तल्लाबाट आचानक खसेर छिमेकीको कम्पाउण्डमा पछारेर गम्भीर घाइते भएका उनलाई ठिमी स्थित नागरिक अस्पताल लगिएको थियो । भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. ६ मिलरोड़ बस्ने भुवन श्रेष्ठका छोरा थिए भूमिन लाल श्रेष्ठ ।
प्रहरी वृत ठिमी भक्तपुरबाट घटनाको थप अनुसन्धान भइ रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।